जीतका लागि नेपालले पायो १ सय ४६ रनको लक्ष्य
बुधबार, २२ असोज २०७६, १३ : ०७
एजेन्सी । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–२० शृङ्खलाअन्तरगत आयरल्याण्डबिरुद्धको तेस्रो खेलमा नेपालले जीतका लागि १ सय ४६ रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिलो ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको हो ।
आयरल्याण्डले आक्रामक शुरुवात गरे पनि नेपाली बलरहरुले मध्यक्रमलाई जम्न नदिएपछि आयरल्याण्ड ठूलो योगफल बनाउनबाट बञ्चित रह्यो ।
आयरल्याण्डका लागि पाउल स्टर्लिङले सर्वाधिक ५९ रनको योगदान दिए । उनले यस क्रममा ६ चौका र २ छक्का हिर्काए ।
त्यस्तै, एन्डी बालबर्नीले ३८ तथा स्टुवार्ट थम्सनले २१ रनको योगदान दिए ।
नेपालका लागि सन्दीप लामिछाने र पारस खड्का र अभिनास बोहोराले २–२ तथा करण केसी र ललित राजवंशीले १–१ विकेट लिए ।
यसअघि हङकङ र नेदरल्याण्डबिरुद्धको खेलमा नेपाल विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण