कृष्णबहादुर महरा अस्पताल भर्ना
बिहीबार, २३ असोज २०७६, १३ : ३७
१
काठमाडौँ । निर्वतमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । प्रेसरको समस्या देखिएपछि महरालाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।
प्रेसरमा समस्या देखिएपछि महरालाई अस्पताल भर्ना गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रमुख एसएसपी उत्तमराज सुवेदीले पुष्टि गरे ।
अस्पताल स्रोतका अनुसार उच्च रक्तचापको समस्या देखिएपछि उनलाई यतिबेला कार्डियाक टोलीले उपचार गरिरहेको छ । भोलि रिपोर्ट आएपछि मात्र उनको स्वास्थ्य अवस्थाबारे थप विवरण थाहा हुने अस्पतालको भनाइ छ ।
संसद सचिवालयका कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण