विमानस्थलले जारी गर्यो ‘नोटम’, सी जिनपिङ नेपाल आउँदा–जाँदा ५ घण्टा विमानस्थल अवरुद्ध
काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा र फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ५ घण्टासम्म प्रभावित हुने भएको छ ।
नागरिक उड्ययन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शनिबार एक नोटम(नोटिस टु एयरमेन) जारी गर्दै शनिबार साढे २ घण्टा र आइतबार साढे २ घण्टा गरी सम्मा ५ घण्टा विमानस्थल अवरुद्ध हुने जनाएको हो ।
नागरिक उड्ययन प्राधिकरणका अनुसार शनिबार दिउँसो २ बजेर ५५ मिनेटदेखि साँझ ५ बजेर २५ मिनेटसम्म तथा आइतबार बिहान ११ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ५० मिनेटसम्मका लागि नोटम जारी गरिएको छ । सो बीचमा आन्तरिक र बाह्यतर्फका सबै उडान प्रभावित हुन सक्नेछन् । सो समय चिनियाँ राष्ट्रपति आउँदा र फर्किँदाको हो ।
अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ सीमितताका कारण समेत उडान तालिका नोटम अवधिको अघि र पछि व्यवस्थापन गरिएको भन्दै प्राधिकरणले संशोधित उडान तालिका सम्बन्धित वायुसेवा कम्पनीबाट प्राप्त गर्न सकिने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण