आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विमानस्थलले जारी गर्‍यो ‘नोटम’, सी जिनपिङ नेपाल आउँदा–जाँदा ५ घण्टा विमानस्थल अवरुद्ध

शनिबार, २५ असोज २०७६, १२ : ३२
शनिबार, २५ असोज २०७६

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा र फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ५ घण्टासम्म प्रभावित हुने भएको छ । 

नागरिक उड्ययन प्राधिकरण,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शनिबार एक नोटम(नोटिस टु एयरमेन) जारी गर्दै शनिबार साढे २ घण्टा र  आइतबार साढे २ घण्टा गरी सम्मा ५ घण्टा विमानस्थल अवरुद्ध हुने जनाएको हो ।  

नागरिक उड्ययन प्राधिकरणका अनुसार शनिबार दिउँसो २ बजेर ५५ मिनेटदेखि साँझ ५ बजेर २५ मिनेटसम्म तथा आइतबार बिहान ११ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ५० मिनेटसम्मका लागि नोटम जारी गरिएको छ । सो बीचमा आन्तरिक र बाह्यतर्फका सबै उडान प्रभावित हुन सक्नेछन् । सो समय चिनियाँ राष्ट्रपति आउँदा र फर्किँदाको हो ।

अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ सीमितताका कारण समेत उडान तालिका नोटम अवधिको अघि र पछि व्यवस्थापन गरिएको भन्दै प्राधिकरणले  संशोधित उडान तालिका सम्बन्धित वायुसेवा कम्पनीबाट प्राप्त गर्न सकिने जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप