घरभित्रै पसी मुख थुनेर १४ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास
सिरहामा एक १४ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास भएको छ ।
सिरहाको कल्याणपुर–८ अरङमा किशोरीमाथि शनिबार साँझ जबरजस्ती करणीको प्रयास भएको हो ।
साँझपख घरमा कोही नभएको मौका छोपी सोही गाउँका २३ वर्षीय मो. रहिम मन्सुरीले किशोरीमाथि बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
राईनले किशोरीको घरमै पसी मुख थुनेर जबरजस्ती करणीको प्रयास गरेपछि किशोरी चिच्चाएको र स्थानीयले किशोरीलाई उद्धार गरेका थिए ।
स्थानीयले किशोरीको उद्धारसहित युवकलाई समेत नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।
घटनापछि राति नै किशोरीको जिल्ला अस्पताल सिरहामा स्वास्थ्य परिक्षण गराइएको छ । रिपोर्ट आउँन बाँकी रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले जानकारी दिए ।
बलात्कारको प्रयास गरेका राईनलाई प्रहरी हिरासतमा राखिएको छ । पीडितले दिएको उजुरीको आधारमा युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी खनालले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
-
भारतको घट्दो प्रजनन दरः कारण र परिणाम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण