चीनको अर्थतन्त्र स्थिर
बेइजिङ-चालु आर्थिक वर्षको अघिल्ला तीन त्रैमासिक अवधिमा चीनको कूल गार्हस्थ्य उत्पादन मात्रा ६९७ खर्ब ७९ अर्ब ८० करोड युआन पुगेको राष्ट्रिय तथ्याङ्क व्युरोले जनाएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा कूल ग्राहस्थ उत्पादन ६.२ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । औद्योगिक उत्पादन लगातार विकसित भैरहेको, निर्दिष्ट मापदण्डभन्दा माथि उद्यम थपिने मूल्य गत वर्षको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले बढेको चीनले जनाएको छ ।
बजारमुलक बिक्रीमा स्थिरता कायम हुँदै गएको र अघिल्ला तीन त्रैमासिक अवधिमा सामाजिक उपभोक्ता वस्तुको कुल खुद्रा बिक्रीबाट २९६ खर्ब ६७ अर्ब ४० करोड युआन आम्दानी भएको अधिकारीहरूले बताएका छन् । गत वर्षको तुलनामा यो ८.२ प्रतिशतको वृद्धि हो ।
अघिल्ला तीन त्रैमासिकमा तेस्रो व्यवसायको बृद्धिले कूल राष्ट्रिय ग्राहस्थ उत्पादन मात्रामा ६०.६ प्रतिशत योगदान सिर्जना गरेको छ । समष्टिगत द्दष्टिकोणबाट हेर्दा अघिल्ला तीन त्रैमासिक अवधिमा राष्ट्रिय अर्थतन्त्र स्थिररूपमा विकसित भैरहेको तथ्याङ्कमा छ । सिन्ह्वा/Photo:CNN.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० हजार विद्युत् मिटर सातै प्रदेशमा पठाइयो, नयाँ मिटरका लागि निवेदन दिन आग्रह
-
स्कुल बसले किच्दा बालिका र सहचालकको मृत्यु
-
पशुपति दर्शन गर्न आउने दर्शनार्थी र यात्रु लुट्ने दुई जना भारतीय नागरिक पक्राउ
-
कवाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा
-
मुहर्रम पर्वका बेला नक्कली हतियार देखाएर आतङ्क फैलाउने युवक पक्राउ
-
दोस्रो संस्करणको इन्डियन एम्बासेडर्स क्रिकेट सफलतापूर्वक सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण