राजनीतिमा अपराधीकरण अक्ष्यम्य : मन्त्री बाँस्कोटा
काभ्रे– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टिकरण अक्ष्यम्य हुने बताएका छन् । उनले लायन्स क्लब अफ काभ्रेपलाञ्चोकद्वारा लायन्स हार्ट क्लिनिक सञ्चालनार्थ परियोजना प्रस्तुत तथा विभिन्न चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
‘मान्छेलाई जिउँदै जलाउने, महिलामाथि दुव्र्यवहार गर्ने, गाउँले र महिलामाथि झम्टिने अपराधीलाई कुनै क्षमा हुन्न, कुनै कसरत बाँकी नराखी कानूनी कठघरामा उभ्याइन्छ, सजाए दिलाइन्छ’ उनले भने । उनले विधिको शासनमा जो–कोहीले पनि उन्मुक्ति नपाउने प्रतिबद्धता व्यक्त गरे । मन्त्री बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टिकरणबारे मिडियाले पनि विशेष ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘सामाजिक क्षेत्रले पनि यसविरुद्ध आवाज उठाउनुपर्छ, सबै मिलेर अपराधीकरण र भ्रष्टिकरण न्यूनीकरण गर्दै जाने हो ।’ सरकार भ्रष्टाचारविरुद्ध निर्मम तवरले लागिरहेको उनको भनाइ थियो ।
मन्त्री बाँस्कोटाले चुनावको वाचाअनुसार जनप्रतिनिधि अगाडि बढिरहेको बताए । ‘कहीँकतै जनप्रतिनिधि चुकेको भए खबरदारी गर्नुस् ।’ उनले थपे, ‘तपाईहरु साथ दिनुहोस्, जनप्रतिनिधि के–के काम गर्दैछन् अनुगमन गर्न पनि आग्रह गर्छु ।’ उनले चुनाव जित्नु मात्रै ठूलो विषय नभएको उल्लेख गर्दै ‘चुनावदेखि चुनावसम्मको राजनीति’ राजनीति नभएको तर्क गरे ।
मन्त्री बाँस्कोटाले सकारात्मक परिवर्तनका लागि जनताको साथको आवश्यकता औँल्याए । उनले प्रकृतिको बचाउसँगै विकास र प्रकृतिसँग अन्तरघुलन हुन आग्रह गरे । उनले काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गबारे चीनसँग सम्झौता भइसकेको र पूर्वी अन्तर्राष्ट्रिय नाकाको रुपमा रहेको बनेपामा थप विकासका काम थालिने चर्चा गर्दै लायन्स क्लबको नीति र कार्यविधि हेरेपछि मात्रै आवश्यक सहयोग गर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीले जिससले लायन्सको अभियानमा साथ दिने बताए । बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह वादेले लायन्सलाई बनेपामा आठ आना जमीन दिइएको र थप एक रोपनी दिने तयारी भइरहेको बताए । लायन्स क्लबका संस्थापक रामराजा धौभडेल र परियोजना प्रमुख सुदर्शनधर प्रधानाङले परियोजना र प्राप्त सहयोगबारे जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण