हिमचितुवा संरक्षण नेपालको उच्च प्राथमिकतामाः मन्त्री बस्नेत
नयाँदिल्ली– वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले हिम चितुवा संरक्षणलाई नेपालले उच्च प्राथमिकता दिएको बताएका छन् ।
भारतको नयाँदिल्लीमा जारी ‘ग्लोबल स्नो लियोपार्ड एण्ड इकोसिस्टम प्रोटेक्सन (जीएसएलपी) को चौथो स्थायी समिति बैठकमा बोल्दै मन्त्री बस्नेतले पारिस्थितिकीय प्रणाली रक्षाका लागि हिमचितुवा संरक्षण प्रमुख कार्यमध्येको एक भएको समेत स्पष्ट गरे ।
हिमचितुवा संरक्षणका लागि बासस्थान र आहारको अभाव तथा मानव वन्यजन्तु द्वन्द्व सबैभन्दा चुनौतीका रुपमा देखा परेको उनले बताए ।
सरकार एक्लैको प्रयास सार्थक नहुने निस्कर्षसहित नेपालले हिम चितुवा संरक्षणका लागि स्थानीय समुदाय र त्यसमा पनि युवाहरुलाई एक हिस्सा बनाएको भन्दै उनले त्यो उपाय प्रभावकारी देखिएको अनुभव सुनाए ।
यस्तै मन्त्री बस्नेतले हिमचितुवा संरक्षण र त्यस प्रजातिबारे अनुसन्धानका लागि नेपाल सरकारले हिमालयन अनुसन्धान केन्द्र स्थापनाको तयारी गरिरहेको जानकारी दिए ।
नेपालले १२ वटा संरक्षण क्षेत्रसमेत घोषणा गरिएको जानकारी पनि उनले बताए ।
हिमचितुवा संरक्षणबाट पारिस्थितिकीय प्रणालीको रक्षाका साथै पर्याय पर्यटन र हिमालहरुको संरक्षणमा समेत टेवा पुग्ने विश्वास उनको थियो ।
बैठकमा हिमचितुवा पाइने मुलुकहरु नेपालसहित चीन, भारत, पाकिस्तान, भुटान, अफगानिस्तान, काजकिस्तान, किर्गिस्तान, उज्वेकिस्तान मंगोलिया र रुस लगायत देशका प्रतिनिधि सहभागी छन् ।
नेपालको पूर्वमा कञ्चनजंघा संरक्षण पाँच सयभन्दा बढी छ । क्षेत्रदेखि पश्चिममा अपिनम्पासम्म हिम चितुवा पाइन्छ । नेपालमा हाल हिमचितुवाको संख्या पाँच सयभन्दा बढी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमाथि राप्रपाले उठायो प्रश्न, ईभी काण्डमा संसदीय छानबिन समिति माग
-
लगातार वर्षासँगै मेची राजमार्गमा पहिरो, इलाम सदरमुकाम जाने सडक जोखिमयुक्त
-
रास्वपाको महाधिवेशनमा मित्र राष्ट्रलाई छैन निम्तो
-
पाथीभरा विवादबारे छानबिन समिति गठन
-
आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता
-
‘सूचनामा नाकाबन्दी लगाउने काम लोकतान्त्रिक सरकारलाई सुहाउँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण