आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

रास्वपाको महाधिवेशनमा मित्र राष्ट्रलाई छैन निम्तो

शुक्रबार, ०५ असार २०८३, १२ : २१
शुक्रबार, ०५ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र जनमत पार्टीका अध्यक्ष डा.सीके राउत सहभागी हुने भएका छन् ।
  • पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि सहभागी हुने भएका छन्, जसलाई राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेका दलका रुपमा निमन्त्रणा गरिएको थियो ।
  • महाधिवेशनमा करिब तीन हजार महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् र केही मित्र राष्ट्रहरूबाट शुभकामना प्राप्त भए पनि सहभागिताको लागि निमन्त्रणा गरिएको छैन ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र जनमत पार्टीका अध्यक्ष डा.सीके राउत सहभागी हुने भएका छन् ।

चितवनमा आइतबार हुने उद्घाटन सत्रमा सहभागी हुन लिङ्देन र राउतको ‘कर्ममेसन’ आएको महामन्त्री भूवदेव शाहले जानकारी दिए । शाहका अनुसार महाधिवेशनमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि सहभागी हुने भएका छन् । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरू बाहेक राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेका दलहरूलाई पनि पत्र पठाइएको उनले जानकारी दिए । 

‘महाधिवेशनमा हामीले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई निमन्त्रणा पठाएका छौँ । त्यसबाहेक जसले राजनीतिक परिवर्तनमा योगदान गरेका छन्, जो अहिले संसदमा छैनन् उनीहरूलाई पनि निमन्त्रणा गरेका छौँ । तर अहिलेसम्म बाबुराम भट्टराई, राजेन्द्र लिङ्देन र सीके राउत सहभागी हुने जानकारी आएको छ’, रातोपाटीसँग शाहले भने । 

यता, पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड महाधिवेशनमा सहभागी हुने/नहुने निर्णयमा पुगिसकेका छैनन् । प्रचण्डको सचिवालयले रास्वपाबाट निमन्त्रणा आएको जानकारी दिएको छ ।

प्रचण्डको स्वास्थ्य अवस्था पूर्ण सुधार नभइसकेकाले चिकित्सकसँग परामर्श गरेर मात्र निर्णयमा पुग्ने सचिवालयले जनाएको छ । सचिवालयका अनुसार महाधिवेशनमा प्रचण्ड आफैँ उपस्थित हुने कि अन्य नेतालाई पठाउने भन्नेबारे आज निर्णय हुनेछ ।  

यसैगरी केही मित्र राष्ट्रहरूबाट महाधिवेशनको शुभकामना आएको भए पनि सहभागिताको लागि निमन्त्रणा नगरिएको उनले बताए । असार ७, ८ र ९ गते हुने महाधिवेशनमा करिब तीन हजार महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप