कास्की-२ उपनिर्वाचन : नेकपा गण्डकी प्रदेशले पठायो रवीन्द्र पत्नीसहित ३ जनाको नाम
पोखरा । कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि नेकपा गण्डकी प्रदेशले ३ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ ।
यसअघि नेकपा जिल्ला कमिटीले स्वर्गीय नेता रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईको मात्रै नाम सिफारिस गरेकोमा प्रदेशले थप दुई जनाको नाम सिफारिस गरेको हो । प्रदेशले भट्टराईसहित नेताहरु सोमनाथ प्यासी र राजकाजी गुरुङको नाम थपेर केन्द्रमा पठाएको गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो । यस्तै रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले सो क्षेत्रका लागि नेतृ रजनी केसीको नाम सिफारिस गरिसकेको छ । यस्तै नेपाली काँग्रेसमा भने उम्मेदवार चयनको प्रक्रिया चलिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबारमार्गबाट हुन्डीको करिब एक करोड रकमसहित दुई जना पक्राउ
-
पोखरामा ‘मुख्यमन्त्रीको पिए’ हुँ भनेर ठग्ने युवक काठमाडौँबाट पक्राउ
-
चालु आर्थिक वर्षमा तनहुँमा छ सय ४७ उद्योग दर्ता, दुई सय ७८ खारेज
-
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
-
काठमाडौँका यी स्थानमा चार दिन विद्युत् अवरुद्ध हुने
-
आईपीएलमा पन्जाब किंग्सविरुद्ध बेंग्लुरुको फराकिलो जित