कास्की-२ उपनिर्वाचन : नेकपा गण्डकी प्रदेशले पठायो रवीन्द्र पत्नीसहित ३ जनाको नाम
पोखरा । कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि नेकपा गण्डकी प्रदेशले ३ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ ।
यसअघि नेकपा जिल्ला कमिटीले स्वर्गीय नेता रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईको मात्रै नाम सिफारिस गरेकोमा प्रदेशले थप दुई जनाको नाम सिफारिस गरेको हो । प्रदेशले भट्टराईसहित नेताहरु सोमनाथ प्यासी र राजकाजी गुरुङको नाम थपेर केन्द्रमा पठाएको गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो । यस्तै रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले सो क्षेत्रका लागि नेतृ रजनी केसीको नाम सिफारिस गरिसकेको छ । यस्तै नेपाली काँग्रेसमा भने उम्मेदवार चयनको प्रक्रिया चलिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण