बारामा ४ वर्षीया बालिकामाथि जबरजस्ती करणीको प्रयास, ५० वर्षे आरोपी फरार
बाराको आदर्श कोतवाल गाँउपालिकास्थित चार वर्षीया बालिकामाथि जबरजस्ती करणीको प्रयास गरिएको छ ।
आदर्श कोतवाल ४ ईनरवाका अन्दाजी ५० बर्षका शेख ईसराईलले स्थानीय चार वर्षीया बालिकालाई करणीको प्रयास गरेको प्रहरीले जनाएको छ ।
शेख ईशराईल काठको घर बनाउने मिस्त्री हुन् । बुधबार आफ्नै गाउँ ईनरवामा एक व्यक्तिको घर निर्माण गरिरहेका थिए ।
काम गर्ने क्रममा घरधनीका अन्य सदस्य बाहिर गएको मौका छोपी ईशराईलले सोही घरकी बालिकालाई करणीको प्रयास गरेको र बालिका रोए कराएपछि आरोपी फरार भएको प्रहरीले जनाएको छ ।
बारा प्रहरी प्रवक्ता डिएसपी रंजितशिंह राठौरले घटनाको पुष्टी गर्दै पिडिताको जिल्ला अस्पताल कलैयामा बुधवार साँझ स्वास्थ परीक्षणसमेत भइसकेको जानकारी दिएका छन् ।
घटनाबारे थप अनुसन्धान भईरहेको तथा फरार घटनाका आरोपी शेख ईहराईलको खाजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण