कारागारमा लगाइएको ताला खुल्यो
शुक्रबार, १५ कात्तिक २०७६, २० : ११
बाँके – बाँके कारागारको भित्री गेटमा कैदीबन्दीले लगाएको तालाबन्दी शुक्रबार खोलिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओली, मानवअधिकारकर्मी र पत्रकारको उपस्थितिमा भएको तीन बुँदे सहमतिपछि कैदीबन्दीले गेटमा लगाएको ताला खोलेका हुन् ।
छलफलमा सहभागी मानवअधिकारकर्मी वसन्त गौतमका अनुसार, जेलर भरतराज पाण्डेको सरुवा, चौकीदार भरत फडेरालाई पदमुक्त र कैदीबन्दीले उठाएका अनियमिता सम्बन्धी विषयको छानबीन गर्ने सहमति भएको छ ।
कारागारका कैदीबन्दीले कारागारका जेलर, चौकीदार र नाइकेले आफूहरुलाई आर्थिक तथा शारीरिक शोषण गरेको भन्दै बिहीबारदेखि भित्री गेटमा तालाबन्दी गरी आन्दोलन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ
-
नेपालको पर्यटन प्रवर्द्धनबारे अमेरिकामा छलफल
-
नेतन्याहु अर्को सोमबार अमेरिका भ्रमणमा जाने
-
सीमा बन्द र पश्चिम एसिया तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित
-
३९ लाख ठगीको अभियोगमा पक्राउ
-
तेहरानमा हमास र हिज्बुल्लाहका प्रतिनिधिमण्डलसँग अराघचीको भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण