कारागारमा लगाइएको ताला खुल्यो
शुक्रबार, १५ कात्तिक २०७६, २० : ११
बाँके – बाँके कारागारको भित्री गेटमा कैदीबन्दीले लगाएको तालाबन्दी शुक्रबार खोलिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओली, मानवअधिकारकर्मी र पत्रकारको उपस्थितिमा भएको तीन बुँदे सहमतिपछि कैदीबन्दीले गेटमा लगाएको ताला खोलेका हुन् ।
छलफलमा सहभागी मानवअधिकारकर्मी वसन्त गौतमका अनुसार, जेलर भरतराज पाण्डेको सरुवा, चौकीदार भरत फडेरालाई पदमुक्त र कैदीबन्दीले उठाएका अनियमिता सम्बन्धी विषयको छानबीन गर्ने सहमति भएको छ ।
कारागारका कैदीबन्दीले कारागारका जेलर, चौकीदार र नाइकेले आफूहरुलाई आर्थिक तथा शारीरिक शोषण गरेको भन्दै बिहीबारदेखि भित्री गेटमा तालाबन्दी गरी आन्दोलन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रोइलर कुखुराको रोग मानिसमा लाग्नसक्ने तथ्यमा कुनै सत्यता छैन : भेटेरिनरी एसोसिएसन
-
पतञ्जलीको सोन पापडी खान असुरक्षित
-
कांग्रेसले भन्यो– झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ
-
भोलि बस्ने राष्ट्रियसभाका यी हुन् आठ कार्यसूची
-
एमाले भक्तपुरको अध्यक्षमा देउजा
-
इजरायली प्रधानमन्त्रीलाई भेट्दै अमेरिकी सुरक्षा सल्लाहकार