अन्तर्राष्ट्रिय व्यापारमा सुधार
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापारमा लगातारको सुधार देखिएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा निर्यातको आकार बढ्दो छ । आयात तुलनात्मक रूपमा घट्दै गइरहेको तथ्याङ्कले देखाउँछ । यसको समग्र प्रभाव व्यापार घाटा पहिलेको तुलनामा खुम्चिएको देखिएको छ ।
विभागका अनुसार असोजसम्मको कुल अन्तर्रा्ष्ट्रिय व्यापार तीन खर्ब ६२ अर्ब ११ करोड रुपियाँ पुगेको छ । समग्र व्यापार नै अघिल्लो आर्थिक वर्षको असोजसम्मको तुलनामा आठ दशमलव ८६ प्रतिशतले घटेको विभागको तथ्याङ्क छ ।
अघिल्लो वर्ष २३ अर्ब ७४ करोड रुपियाँको निर्यात भएकोमा समीक्षा अवधिमा १४.४१ प्रतिशतले बढेर २७ अर्ब १६ करोड रुपियाँ पुगेको छ । यसबीचमा पाम तेल, गलैँचा, चियाजस्ता वस्तु प्रमुख रूपमा निर्यात भएका छन् । निर्यातको आकार बढ्दा समग्र अन्तर्राष्ट्रिय व्यापारमा निर्यातको हिस्सा छ प्रतिशतबाट बढेर सात दशमलव पाँच प्रतिशत पुगेको छ । गोरखापत्र दैनिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त
-
उपाधि दाबेदार फ्रान्स कसरी बन्यो स्पेनविरुद्ध यति निरीह ?
-
प्रतिनिधिसभामा विपक्षी दलहरूले गरे उठेर विरोध
-
उपसभामुखको नेतृत्वमा ५ सदस्यीय संसदीय टोली चीन प्रस्थान
-
ब्राजिलको निरश विश्वकप बहिर्गमनपछि रोनाल्डोको मौनता तोडियो, नेयमारको भविष्यबारे गरे खुलासा
-
सुतेकै अवस्थामा कैदीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण