बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

बुधबार, ३१ असार २०८३, १० : २९
बुधबार, ३१ असार २०८३

सारांश

  • पोखराको पालिखेचोकमा ग १६ प २४१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
  • दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पर्वतका २४ वर्षीय सुमन सुनारको उपचारका क्रममा मृत्यु भएको हो ।
  • प्रहरीले मोटरसाइकल चालक २२ वर्षीय राहुल सुनारलाई नियन्त्रणमा लिएको छ र घटनाको अनुसन्धान गरिरहेको छ ।

पोखरा । पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ग १६ प २४१४ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पर्वतको फलेवास नगरपालिका–५ खानिगाउँ निवासी २४ वर्षीय सुमन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मोटरसाइकल चालक अर्घाखाँची घर भई हाल पोखरा २ मोहरिया टोल बस्ने २२ वर्षीय राहुल सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप