बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपसभामुखको नेतृत्वमा ५ सदस्यीय संसदीय टोली चीन प्रस्थान

बुधबार, ३१ असार २०८३, १३ : २६
बुधबार, ३१ असार २०८३

सारांश

  • उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय संसदीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ।
  • यो टोली निङ्छी सहरमा आयोजना हुने ‘द फिफ्थ चाइना सिजाङ ट्रान्स’ (हिमालय फोरम फर इन्टरनेसनल कोअपरेसन) मा सहभागी हुनेछ।
  • भ्रमणका क्रममा उपसभामुखले चिनियाँ कम्युनिष्ट पार्टी सिजाङ स्वशासित क्षेत्रीय कमिटीका सचिव वाङ जुनझेङसँग भेटघाट गर्ने कार्यक्रम छ।

काठमाडौँ । चीनको निङ्छी सहरमा आयोजना हुने ‘द फिफ्थ चाइना सिजाङ ट्रान्स’ (हिमालय फोरम फर इन्टरनेसनल कोअपरेसन) मा सहभागी हुन प्रतिनिधिसभाका उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको छ।

सङ्घीय संसद सचिवालयका अनुसार प्रतिनिधिमण्डल बिहान पौने  १ बजे सिचुआन एयरलाइन्समार्फत चीन प्रस्थान गरेको हो। चीन प्रस्थान गर्ने प्रतिनिधिमण्डलमा उपसभामुख रुवी कुमारीका साथै सङ्घीय संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी र कम्प्युटर प्रोग्रामर अनिशा ढकाल छन् । 

यही असार ३१ गतेदेखि साउन १ गते (१५–१७ जुलाई २०२६) सम्म आयोजना हुने कार्यक्रममा माननीय उपसभामुखले नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा चीनको स्वायत्त क्षेत्र सिजाङ (तिब्बत) स्थित निङ्छी सहरमा उपसभामुख रुवी कुमारी र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) सिजाङ स्वशासित क्षेत्रीय कमिटीका सचिव महामहिम वाङ जुनझेङ बीच शिष्टाचार भेटघाट तथा अन्य महत्त्वपूर्ण द्विपक्षीय छलफलहरू हुने तय भएको छ।

भ्रमण कार्यक्रम सम्पन्न गरी नेपाली प्रतिनिधिमण्डल आगामी साउन ४ गते काठमाडौँ फर्कने कार्यतालिका रहेको सङ्घीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप