सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
सारांश
- सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा भारतीय सहयोगमा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बाको निर्माण सुरु भएको छ ।
- गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले बुधबार गुम्बा भवनको शिलान्यास गरेका हुन् ।
- करिब ३ करोड ३० लाख नेपाली रुपैयाँको लागतमा बन्ने यस गुम्बा भवन भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित छैटौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बाको निर्माण कार्य सुरु भएको छ ।
गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले बुधबार संयुक्त रूपमा उक्त गुम्बा भवनको शिलान्यास गरेका हुन् ।
भारत सरकारको आर्थिक सहयोगमा करिब ३ करोड ३० लाख नेपाली रुपैयाँको लागतमा यस गुम्बा भवनको निर्माण हुन लागेको हो । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना लिखु पिके गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ । यो सोलुखुम्बु जिल्लामा भारत सरकारको सहयोगमा सञ्चालित छैटौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।
भवन शिलान्यास कार्यक्रममा लिखु पिके गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे । नयाँ पूर्वाधारले सोलुखुम्बुको लिखु पिके गाउँपालिकाको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्न मद्दत पुर्याउने विश्वास उनीहरूले व्यक्त गरेका छन् ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबिच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको भारतीय राजदूतावासले जनाएको छ । यस्ता उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने दूतावासले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण