एमसीसीसँग नेपाली क्रिकेट टिम पराजित
आइतबार, १७ कात्तिक २०७६, १७ : ४९
काठमाडौँ । नेपाल भ्रमणमा रहेका विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लव मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) विरुद्धको एक दिवसीय खेलमा नेपाल अन्डर–१९ राष्ट्रिय क्रिकेट टिम पराजित भएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा शनिबार भएको खेलमा एमसीसीसँग नेपाली युवा टिम ३८ रनले पराजित भएको हो ।
एमसीसीको ३ सय ३५ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९६ रन मात्र बनाउन सकेको थियो । नेपालका हरिबहादुर चौहानले ५२ रनको अर्धसतकीय इनिङ्स खेल्न भ्याएका थिए भने कप्तान रित गौतमले ४५ रन जोडेका थिए । त्यसैगरी अरुण ऐरीले ३० रन बनाएका थिए ।
उता, एमसीसीका लागि विल रोड्सले ९३ रनको अर्ध शतकीय इनिङस् खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण