म्याग्दी बस दुर्घटनाः मृत्यु भएका सबैको सनाखत, घाइतेको उपचार हुँदै
म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमा नै मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ ।
दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना हुँदा मालिका गाउँपालिका–७ विमकी ७० वर्षीया सतदेवी भट्टचन, बिमकै ११ वर्षीया आयुषा जुग्जाली, ९ वर्षीय रवी जुग्जाली र गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका–२ की विष्णु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिएका छन् ।
“आइतबार साँझ दुर्घटना भएको र रात परेकाले उद्धारमा केही समस्या भयो”, प्रहरी निरीक्षक शर्माले भने, “उहाँका अनुसार सख्त घाइते भएका १२ जनालाई बेनी अस्पतालमा रिफर गरिएको छ । घाइतेमध्ये अधिकांश किसानी कृषि प्राविधिक शिक्षालय बिममा अध्ययन गर्ने विद्यार्थी रहेका छन् । उनीहरु दशैँ तिहारको बिदा सकिएपछि विद्यालय फर्किएका विद्यार्थी रहेका जनाइएको छ ।
दुर्घटनामा परी घाइते भएका बसका चालक मङ्गला गाउँपालिका–१ पैयुपाँटाका टेकबहादुर सार्कीसहित १२ जनालाई बेनी रिफर गरिएको र अन्यको दरवाङस्थित प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस सडकदेखि करीब २०० मिटर तल खसेको जनाइएको छ । दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन ।
घाइतेको नामावली
१. मालिका गापा ७ बिमका ६० वर्षीय राजमान दर्जी
२. मालिका ७ बिमका हुमबहादुर जुग्जाली
३. मालिका ७ बिमका ३८ वर्षीय पलप्रसाद जुग्जाली
४. मालिका ७ बिमकी २६ वर्षीय नरदेवी परियार
५. बेनी नगरपालिका–९ घतानका १६ वर्षीय विसन खत्री
६. बेनी नगरपालिका वडा नम्बर ४ राक्ष बस्ने बर्ष १७ को गौरब पौडेल
७. बाग्लुङ ताराखोला गाउँपालिका ५ बस्ने १७ वर्षीय विजय कँडेल
८. बेनी नगरपालिका–४ राक्ष बस्ने १९ वर्षीय प्रमिस पौडेल
९. मालिका गाउँपालिका–७ का २६ वषीया दिलु शेरपुञ्जा
१०. बिमकीे ६ वषीया कृष्टिना जुग्जाली
११. बिमकी ६१ वर्षीया तनदेवी जुग्जाली
१२. बिम बस्ने ६० वर्षीया चन्द्रकली दर्जी
१३. बिमकी ३८ वर्षीया पलदेवी जुग्जाली
१४. बिम बस्ने सुरेश जुग्जाली
१५. बिम बस्ने ३१ वर्षीया लिला जुग्जाली
१६. धौलागिरि गाउँपालिका–३ दर बस्ने १८ वर्षीयाा रिल माया बूढा
१७. बेनी नगरापलिका–३ भकिम्ली बस्ने ३५ वर्षीय केशव शर्मा न्युरे
१८. मङ्गला गाउँपालिका–५ छिसवाङ बस्ने २२ वर्षीया रमिला खत्री रहेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
-
इजरायलले स्टारलिङ्कको उपकरण इरानमा तस्करी गरेको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण