एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
सारांश
- उपभोक्ता ठगी गर्ने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना गरिएको छ ।
- मार्केट प्लेस प्रा.लि. ले एमआरपीभन्दा बढी मूल्यमा सामान बिक्री गरेको र लिलिज नेपाल प्रालिले बिल नदिएको पाइएको छ ।
- विभागले अनुगमनका क्रममा विभिन्न फर्मलाई कारबाही र निर्देशन दिएको छ ।
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा उपभोक्ता ठगी गरेको पाइएको भन्दै दुई वटा कम्पनीलाई कुल ४ लाख ४० हजार रुपैयाँ जरिवाना गरेको छ ।
विभागले मंगलबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गर्ने फर्महरूलाई कारबाही गरेको हो ।
विभागका अनुसार ललितपुर महानगरपालिका–२५ स्थित ‘मार्केट प्लेस प्रा.लि.’ लाई २ लाख ४० हजार रुपैयाँ जरिवाना गरिएको छ। उक्त कम्पनीले जम्मा २४५ रुपैयाँ एमआरपी भएको ‘सिम्पल आई मास्क लाई ३९५ रुपैयाँमा बिक्री गरेको अनुगमनका क्रममा भेटिएको थियो ।
तोकिएको मूल्यभन्दा बढी रकम असुल गरी उपभोक्ता संरक्षण ऐनको दफा १६(२)क उल्लंघन गरेको प्रमाणित भएपछि सोही ऐनको दफा ३९(१)ख बमोजिम उक्त जरिवाना गरिएको विभागले जनाएको छ।
यसैगरी, काठमाडौं महानगरपालिका–१६, बालाजुस्थित ‘लिलिज नेपाल प्रालि’ लाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । उक्त कम्पनीले उपभोक्तालाई मालसामान बिक्री गर्दा बिल बिजक जारी नगरेको पाइएपछि कारबाही गरिएको हो ।
अनुगमनकै क्रममा ललितपुर महानगरपालिका–४, भनिमण्डलस्थित ‘सोल स्क्वायर प्रालि’ लाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
यस्तै, काठमाडौंका अन्य ५ वटा पसल तथा फर्महरूलाई भने विभागले सुधारका लागि ‘सामान्य निर्देशन’ दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको राजनीतिक सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण