राष्ट्रपति भण्डारीद्वारा प्रदेश प्रमुख नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ वटै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । आइतबार राष्ट्रपतिले पूर्ववर्ति सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई पदमुक्त गरेपछि रिक्त रहेको सात प्रदेश प्रमुखका लागि नेकपाको सचिवालय बैठकले सिफारिस गरेपछि मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरुको नियुक्तिको निर्णय गरेर राष्ट्रपति समक्ष नाम पठाएको थियो ।

संविधानको धारा १६३ को २ बमोजिम राष्ट्रपति भण्डारीले सोमबार साँझ कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश १, बाँकेका तिलक परियार प्रदेश २ , झापाका विष्णु प्रसाईं प्रदेश ३ र चितवनका अमिक शेरचन गण्डकी, सिराहका धर्मनाथ यादव प्रदेश ५, बैतडीका गोविन्द कलौनी कर्णाली प्रदेश र काठमाडौंकी सर्मीला कुमारी पन्तलाई सुदुरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले मंगलबार सपथ गराएपछि उनीहरुले प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् । प्रदेश प्रमुखलाई राष्ट्रपतिले सपथग्रहण गराउने संवैधानिक व्यवस्था छ।मन्त्रिपरिषद्को आइतबारको बैठकले पूर्ववर्ति शेरबहादुर देउवा सरकारले नियुक्त गरेका सातै जना प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
-
भारतको घट्दो प्रजनन दरः कारण र परिणाम
-
आयोगले सम्पत्ति विवरण मागेपछि कागजात मिलाउन नेताहरूको दौडादौड
-
एसियाडका लागि छानिए युवराज
-
शनिबार रत्नपार्क क्षेत्रमा बढ्यो चहलपहल (तस्बिरहरू)
-
हुम्ला–बाजुरा सीमा क्षेत्रको स्वामित्व विवाद : के हो वास्तविकता ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण