कास्की २ बाट उपचुनाव नलड्ने धनराज गुरुङको घोषणा
काठमाडौँ–प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काँग्रेसबाट कास्की–२ मा यसअघि उम्मेदवारको चर्चामा रहेका काँग्रेस नेता धनराज गुरुङले नउठ्ने घोषणा गरेका छन् ।
उम्मेदवार छनोट गर्न बसिरहेको काँग्रेस पदाधिकारी बैठकमा पुगेर नेता गुरुङले कास्की–२ मा आफू नउठ्ने जानकारी गराएका हुन् ।
कास्की २ मा कसलाई उम्मेदवार बनाउने भन्नेमा काँग्रेसका शीर्ष नेताहरु विभाजित छन् । मंगलबार दिनभर बसेको काँग्रेस पदाधिकारी बैठकमा समेत कुरा नमिलेपछि बैठक आज पनि बसिरहेको छ ।
बुधबारको पदाधिकारी बैठकमै पुगेर गुरुङले कास्की–२ बाट आफू पछि हट्दै स्थानीयलाई उम्मेदवार बनाउन सुझाव दिएका हुन् । सो कुरा उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजकि गरेका छन् ।
गुरुङले ‘मेरो उमेदवारीको चर्चा बारे !’ भन्दै लेखेका छन्
‘उपनिर्वाचनमा कास्की क्षेत्र नं २ मा मलाई उम्मेदवार बनाउने भनी सार्वजनिक रूपमा भइरहेको चर्चाको सन्दर्भमा पदाधिकारी बैठकमै उपस्थित भएर मैले स्थानीय साथीहरूलाई नै उम्मेदवार बनाउन उपयुुक्त हुने राय प्रस्तुत गरेकोछु ! पार्टी भन्दा व्यक्ति माथी कहिल्यै हुन सक्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहसचिव दरबन्दी भएको डडेल्धुरामा फेरि उपसचिव नै सीडीओ, वली पुनः सहायक भूमिकामा
-
प्रदेश सभा खारेजी र प्रदेश सरकार पुनर्संरचनाको बहसमा के भन्छन् कर्णालीका नेता ?
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
-
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो
-
प्रदेश सभा खारेज गर्दैमा सङ्घीयता खारेज भयो भन्न मिल्दैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण