सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

देउरालीमा बादलसँग लुकामारी, तस्बिरहरू

सोमबार, २२ असार २०८३, १० : ०५
सोमबार, २२ असार २०८३

सारांश

  • मनसुन सक्रिय भएसँगै देशभरको मौसम निरन्तर परिवर्तनशील बनेको छ।
  • काठमाडौँ र हेटौडालाई जोड्ने देउराली सडकखण्डमा बाक्लो बादल र हुस्सुले गर्दा मौसम अनौठो बनेको छ।
  • देउराली क्षेत्र ऐतिहासिक महत्वका साथै प्राकृतिक सौन्दर्यका लागि पनि परिचित छ।

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशभरको मौसम निरन्तर परिवर्तनशील बनेको छ। 

कतै अत्यधिक गर्मी छ भने कतै लगातार वर्षा भइरहेको छ। वर्षासँगै नेपालका पहाडहरू हरियालीले ढाकिएका छन् र प्राकृतिक सौन्दर्य झन् मनमोहक बनेको छ।

Deurali_KTM_HETAUDA_Nepal photo Library_NPL1

काठमाडौँबाट कुलेखानी हुँदै देउराली भएर हेटौडा पुग्ने सडकखण्डमा अहिले यात्रा गर्नेहरूले अनौठो मौसमको अनुभव गर्न सक्छन्। केही समयअघि घाम लागेको आकाश केही मिनेटमै बाक्लो बादल र हुस्सुले ढाकिन्छ।

Deurali_KTM_HETAUDA_Nepal photo Library_NPL2

काठमाडौँ र हेटौडामा अहिले गर्मी महसुस भइरहे पनि यी दुई सहरलाई जोड्ने सडकको देउराली क्षेत्रमा भने मौसम बिल्कुलै फरक देखिन्छ। केही क्षणमै वरिपरिका हरिया डाँडाकाँडा, सुन्दर इन्द्रसरोवर (कुलेखानी) जलाशय र रमणीय दृश्य स्पष्ट देख्न सकिन्छ भने अर्को केही मिनेटमै बाक्लो हुस्सुले केही मिटर परसम्म पनि देख्न नसकिने अवस्था सिर्जना हुन्छ।

Deurali_KTM_HETAUDA_Nepal photo Library_NPL3

काठमाडौँको बल्खुबाट करिब ४५ किलोमिटर दूरीमा रहेको देउराली, काठमाडौँ–हेटौडा सडकखण्डमा यात्रा गर्ने सवारीसाधनहरू खाना खान र विश्राम गर्न रोक्ने प्रमुख स्थानका रूपमा पनि परिचित छ।

Deurali_KTM_HETAUDA_Nepal photo Library_NPL4

देउराली प्राकृतिक सौन्दर्यका लागि मात्र होइन, ऐतिहासिक महत्वका कारण पनि परिचित छ। यातायातको आधुनिक सुविधा विकास हुनुअघि मकवानपुरको धोर्सिङदेखि काठमाडौँको मातातीर्थसम्म सामान ढुवानी गर्न प्रयोग गरिएको नेपालको पहिलो रोप-वे यही क्षेत्रबाट सञ्चालनमा आएको थियो। राणा प्रधानमन्त्री चन्द्र शमशेरको पहलमा १९६३ सालमा अमेरिकी सरकारको सहयोगमा निर्माण गरिएको उक्त रोपवेको इतिहास झल्काउने केही संरचनाहरू आज पनि देउराली क्षेत्रमा देख्न सकिन्छ।

Deurali_KTM_HETAUDA_Nepal photo Library_NPL5Deurali_KTM_HETAUDA_Nepal photo Library_NPL6Deurali_KTM_HETAUDA_Nepal photo Library_NPL7Deurali_KTM_HETAUDA_Nepal photo Library_NPL8Deurali_KTM_HETAUDA_Nepal photo Library_NPL10Deurali_KTM_HETAUDA_Nepal photo Library_NPL11

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप