शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

डा. केसीको माग पूरा गर्न संघको आग्रह

सोमबार, २५ कात्तिक २०७६, १४ : ३७
सोमबार, २५ कात्तिक २०७६

काठमाडौँ । नेपाल चिकित्सक संघले कात्तिक १८ देखि अनशनरत डा. गोविन्द केसीको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

 संघका महासचिव डा. लोचक कार्कीद्वारा जारी विज्ञप्तिमा डडेल्धुरामा १७ औँ अनशन बसेका डा. केसीको जायज माग सरकारले सम्बोधन गर्नुपर्ने माग गरिएको छ । 

चिकित्सक संघका आजीवन सदस्य समेत रहेका डा.केसीले उठाएको माग संविधानको भावना र मर्म अनुसार भएको भन्दै संघले  यसअघि डा. केसी र नेपाल चिकित्सक संघबीच भएका सम्झौताहरुको अक्षरंश कार्यान्वयन गर्न माग गरिएको छ । 

डा. केसी आफ्नो १६ औँ अनशनसम्म सरकारसँग भएको सहमति कार्यान्वयनको माग गर्दै १७ अनशन बसेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप