विमानस्थल भन्सार कार्यालयले विभिन्न ब्राण्डका मदिरा लिलाम बिक्री गर्दै
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ठूलो परिमाणमा मदिरा लिलाम बिक्री गर्ने भएको छ । कार्यालयले विभिन्न समयमा विमानस्थलमा जफत भएका सवा करोड मूल्य बराबरको मदिराजन्य पदार्थ सार्वजनिक बोलपत्र मार्फत लिलाम बिक्री गर्न लागेको हो ।
विभागले विभिन्न ब्राण्ड गरेर १४ शीर्षकमा कुल एक करोड ३१ लाख ३१ हजार ५ सय ६५ रुपैयाँ बराबरको मदिरा लिलाम आह्वान गरेको छ । कात्तिक १८ गते विभागले गोप्य सिलबन्दी दरभाउपत्र मार्फत १५ दिने सूचना निकालेको थियो ।
सार्वजनिक सिलबन्दी दरभाउपत्रको माध्यबाट लिलाम आह्वान गरिएको सो बोलपत्रमा सूचना प्रकाशित भएको मितिदेखि १५ दिन भित्र प्रक्रियागत रुपमा आवश्यक डकुमेन्ट सहित दरखास्त दिनुपर्नेछ ।
मदिरा खरिद गर्न चाहने ईच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले आफूले कबोल गरेको रकमको १० प्रतिशत रकम धरौटी राष्ट्रिय वाणिज्य बैंक, गौचर शाखामा रहेको भन्सार कोषमा जम्मा गर्नु पर्ने छ । र, सोको सक्कल भौचर सिलवन्दी दरभाउपत्र फारामका साथ पेस गर्नु पर्ने कार्यालयले जनाएको छ ।
कार्यालयले लिलाम गर्न लागेको मदिरा विमानस्थलमा यात्रु जाँचपास गर्दा नियमविपरित ल्याएको पाइएपछि जफत गरिएका मदिरा हुन् । कार्यालयले यस्ता जफत मदिरा बेलाबेलामा सार्वजनिक सिलबन्दी दरभाउपत्र मार्फत् लिलाम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण