आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विमानस्थल भन्सार कार्यालयले विभिन्न ब्राण्डका मदिरा लिलाम बिक्री गर्दै

सोमबार, २५ कात्तिक २०७६, १६ : २५
सोमबार, २५ कात्तिक २०७६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ठूलो परिमाणमा मदिरा लिलाम बिक्री गर्ने भएको छ । कार्यालयले विभिन्न समयमा विमानस्थलमा जफत भएका सवा करोड मूल्य बराबरको मदिराजन्य पदार्थ सार्वजनिक बोलपत्र मार्फत लिलाम बिक्री गर्न लागेको हो । 

विभागले विभिन्न ब्राण्ड गरेर १४ शीर्षकमा कुल एक करोड ३१ लाख ३१ हजार ५ सय ६५ रुपैयाँ बराबरको मदिरा लिलाम आह्वान गरेको छ । कात्तिक १८ गते विभागले गोप्य सिलबन्दी दरभाउपत्र मार्फत १५ दिने सूचना निकालेको थियो ।

सार्वजनिक सिलबन्दी दरभाउपत्रको माध्यबाट लिलाम आह्वान गरिएको सो बोलपत्रमा सूचना प्रकाशित भएको मितिदेखि १५ दिन भित्र प्रक्रियागत रुपमा आवश्यक डकुमेन्ट सहित दरखास्त दिनुपर्नेछ । 

मदिरा खरिद गर्न चाहने ईच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले आफूले कबोल गरेको रकमको १० प्रतिशत रकम धरौटी राष्ट्रिय वाणिज्य बैंक, गौचर शाखामा रहेको भन्सार कोषमा जम्मा गर्नु पर्ने छ । र, सोको सक्कल भौचर सिलवन्दी दरभाउपत्र फारामका साथ पेस गर्नु पर्ने कार्यालयले जनाएको छ । 

कार्यालयले लिलाम गर्न लागेको मदिरा विमानस्थलमा यात्रु जाँचपास गर्दा नियमविपरित ल्याएको पाइएपछि जफत गरिएका मदिरा हुन् । कार्यालयले यस्ता जफत मदिरा बेलाबेलामा सार्वजनिक सिलबन्दी दरभाउपत्र मार्फत् लिलाम गर्दै आएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप