सेनाले गर्यो सेनानी रामचन्द्र तिवारीलाई बर्खास्त
काठमाडौँ । नेपाली सेनाले प्राविधिक सेनानी रामचन्द्र तिवारीलाई सेवाबाट हटाउने निर्णय गरेको छ ।
२०७३ चैत १८ मा जापानमा दुई वर्ष अध्ययनका लागि बेतलबी बिदा लिएका उनी अध्ययन सकेपछि सर्त बमोजिम हाजिर नभइ आफूखसी हिँडेकाले सैनिक ऐन बमोजिम कारबाही गरिएको सेनाले जनाएको छ ।
सेनाका अनुसार उनलाई गत भदौ ८ गते पक्राउ गरिएको थियो भने छानबिन पछि कारबाहीको निर्णय गरिएको थियो ।
सो सम्बन्धमा जंगी अड्डामा गठित समरी जनरल सैनिक अदालतबाट तिवारीले सेनाबाट प्राप्त हुने सेवा सुविधा तथा सहुलियत लिईसकेपश्चात आफ्नो अनुकुल हुने किसिमको जिम्मेवारी नपाएको दाबी सहित जथाभावी बोल्दै हिड्ने गरेको पाइएको सेनाले जनाएको छ ।
यो बीचमा उनले थापाथली ईन्जिनियरीङ्ग क्याम्पसमा विभागीय स्वीकृति नलिई व्यक्तिगत आर्थिक फाइदा हुने नियतले काम गरेको पाइएकाले उनलाई ‘भगौडा र अनुशासन तथा आचरण सम्बन्धी कसुर समेत गरेको’ ठहरसहित भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार