शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

उपनिर्वाचन मधेशको अस्तित्व रक्षाका लागि जनमत संग्रह हो : राजेन्द्र महतो

शनिबार, ०७ मङ्सिर २०७६, २२ : ४०
शनिबार, ०७ मङ्सिर २०७६

सिरहा । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई आन्दोलनको संज्ञा दिएका छन् । सिरहाको कल्याणपुर १२ मा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले उपनिर्वाचन मधेश र मधेशीको पहिचान र अस्तित्व रक्षाको लागि जनमत संग्रह भएको बताए ।

उनले मधेशमा अधिकारको लागि भएको आन्दोलनले काँग्रेस र कम्युनिष्ट समाप्त भएको बताए । सरकारले अघि सारेको सुखी नेपाली र समृद्ध नेपालको नाराले मधेशमा भएको भोट बटुलेर विश्व सामु मधेशीको पहिचान मेटाउन खोजेको आरोप समेत उनले लगाए । उनले भने, ‘अब हामी बेलैमा सजग भएर आफनो अधिकार र पहिचानलाई जोगाउन लाग्नुपर्छ । सरकारले अब मधेशी जनताको संविधान संशोधनको मुदालाई समेत सखाप पार्न खोजेको छ ।’

एक अर्को प्रसंगमा अध्यक्ष महतोले समाजवादी पार्टी सरकारबाट नबाहिरिएकाले एकताको सम्भावना तत्कालका लागि नरहेको बताए । उनले लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादी लगायतका पार्टीहरुसँग एकताको कुरो भइरहेको जानकारी दिए ।

अहिले देशमा काँग्रेस र कम्युनिष्ट शक्तिको विकल्पमा नयाँ वैकल्पिक शक्तिको खाँचो रहेको तर सरकारमा गएर वैकल्पिक शक्तिको निर्माण हुन नसक्ने महतोको भनाई थियो ।
महतोले राजपा सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको बताए । उनले संविधान संशोधन, आन्दोलनकारी साथीहरु विरुद्धको मुद्दा फिर्ता लगायतका मागहरु सम्बोधन नभएसम्म सरकारलाई सहयोग गर्न नसकिने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. २ का उद्योग, वन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डलले मधेशी जनता गुलाम नभएबो बताउँदै आफनो अधिकारका लागि लडिरहने बताए ।

मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा कल्याणपुर नगरपालिका वडा नंं.१२ मा स्वतन्त्रसहित १३ जनाले उमेद्वारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप