रुकुम प्रहरीद्वारा ८ वर्षदेखि फरार ४ अभियुक्त पक्राउ
रुकुम । रुकुम प्रहरीले ८ वर्षअघि एक युवकलाई अपहरण गरि हत्या गरिएको घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको छ । २०६६ साल बैशाख ३ गते दाङको साविक त्रिभुवन नगरपालिका वडा नम्वर १० घर भई साविक रुकुमको भुमे गाविस ९ काँडाका भन्ने स्थानमा पुगेका २२ वर्षीय विजयकुमार पुनको अपहरण गरि हत्या भएको थियो ।
त्यस हत्याकाण्डका मुख्य अभियुक्त मानिएका १ जना अहिलेसम्म कारवास सजाय भोगिरहेका छन् । त्यस घटनामा संलग्न काँडा गाउँका श्रीमान भनिने ३१ वर्षीय सपर्णपन बुढा, बने भनिने २९ वर्षीय ओमप्रकाश घर्ती, गजित भनिने ३५ वर्षीय आकाश बुढा र ३२ वर्षीय दीपक घर्तीलाई पक्राउ गरिएको रुकुम पूर्वका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए । उनीहरुविरुद्ध २०६७ सालमा साविक रुकुम जिल्ला अदालतमा मुद्धा दर्ता भई २०६८ सालमा फैसला भएको थियो ।
प्रहरी निरीक्षक सुनारले भने– ‘साविक एउटै जिल्ला भएकोले मिशिल हालको पश्चिम रुकुम जिल्ला अदालतमा छ । यसर्थ पनि मुख्य दोषी ठहर भई कारागार सजाय भोगिरहेको व्यक्तिको नाम ठेगाना हामीसँगै छैन र त्यस घटनाको फरार अभियुक्तको विवरण भने हामीसँगै रहेकोले पक्राउ गरिएको छ । पक्राउ परेका ४ जनामध्ये समपर्णलाई हिजै कारागार चलान गरिएको छ भने बाँकी ३ जनालाई आज अदालतमा पेश गरि कारागार चलान गरिने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण