म्यादी प्रहरीलाई प्रमाणपत्र दिएर सम्मान गर्छौं– गृहमन्त्री
रुकुम– गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले निर्वाचन सुरक्षाका लागी अस्थायी रुपमा भर्ना गरिएका म्यादी प्रहरीलाई प्रमाणपत्र दिएर सम्मान गरिने बताएका छन् । आईतबार रुकुमको खलंगामा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शर्माले पहिलो चरणको निर्वाचन सफल पार्न म्यादी प्रहरीले महत्वपुर्ण भुमिका खेलेको उल्लेख गर्दै सम्मानपूर्वक बिदाई गरिने बताए ।
पहिलो चरणको निर्वाचन सम्मपन्न भएको क्षेत्रका म्यादी प्रहरीको म्याद सकिएर पहिलोपटक २० दिन थप गरिएको छ । थप गरिएको २० दिन पनि सोमबार देखी सकिने जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी अंगुर जिसीले जानकारी दिए ।
यसैबिच मन्त्री शर्माले राष्ट्रिय जनता पार्टीलाई आन्दोलन छाडेर सहमतिमा आउन आग्रह गरेका छन् । उनले जनताको मताधिकार सुनिश्चित गर्न निर्वाचन सार्नुपरेको जानकारी पनि दिए । प्रेस सेन्टर रुकुमले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा मन्त्री शर्माले शान्तिपूर्ण, भयरहित र धाँधलीरहित चुनाव हुने भन्दै ढुक्क भएर चुनावमा भाग लिन सबैलाई आग्रह गरे । आईतबार विहान खलंगामा मन्त्रि शर्मा सुरक्षा समितीको बैठकमा सहभागी भएका थिए ।
त्यस्तै गृहमन्त्री शर्मालाई कार्यालय प्रमुखहरुले जिल्लाको सुरक्षा अवस्था लगायतका विषयमा ब्रिफिङ गरेका थिए । कार्यालय प्रमुखहरुलाई मन्त्री शर्माले विकास बजेट फ्रिज नहुने गरी काम गर्न निर्देशन दिए ।
गृहमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला पुगेका मन्त्री शर्मा सिस्नेको रकुमकोटमा आयोजित कार्यक्रममा सहभागी हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘किसान र माटोसँग घुलमिल नभई नयाँ नवप्रवर्तन सम्भव छैन’
-
आयोगका सिफारिस कार्यान्वयन नगर्नु मानवअधिकार हनन् हो : थापा
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण