बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
अपडेट

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

बुधबार, २४ असार २०८३, १४ : ३९
बुधबार, २४ असार २०८३

काठमाडौँ । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

बुधबार प्रतिनिधि सभा बैठक दोस्रो पटक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

बैठक स्थगित हुनुअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले राष्ट्रिय सभामा उत्पति भएको ‘पर्यटन विधेयक, २०८२’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सभाले स्वीकृत गरेको थियो ।

त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि स्वीकृत गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप