‘किसान र माटोसँग घुलमिल नभई नयाँ नवप्रवर्तन सम्भव छैन’
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का का.मु. कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले किसानको अनुभव र आधुनिक ज्ञानको समन्वयमा कृषि क्षेत्रको अनुसन्धान तथा प्रविधि विकास गर्नुपर्ने बताएका छन्।
नेपाल कृषि अनुसन्धान परिषद्ले आयोजना गरेको नवनियुक्त वरिष्ठ वैज्ञानिक र वैज्ञानिक कर्मचारीहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले किसानको अनुभव र आधुनिक विज्ञानलाई एकीकृत गर्दै कृषि क्षेत्रमा नयाँ नवप्रवर्तन (इनोभेसन) विकास गर्नुपर्ने बताएका हुन्।
स्थानीय किसानसँग सहकार्य गर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले किसानसँग वर्षौँदेखिको व्यावहारिक अनुभव रहेको उल्लेख गरे। किसानले प्रयोग गर्दै आएका प्रविधि, सीप र अभ्यास स्थानीय हावापानी तथा माटोअनुकूल भएको उनको भनाइ छ। उनले ती परम्परागत अभ्यासको वैज्ञानिक आधार र मर्म बुझ्दै अनुसन्धानकर्तासँग रहेको आधुनिक ज्ञान तथा प्रविधिको उपयोग गरी उत्पादनशीलता वृद्धि गर्नुपर्नेमा जोड दिए।
उनले कार्यक्रममा भने, ‘स्थानीय किसानहरूसँग गर्ने जुन सहकार्य छ, त्यसमा अलिकति हामीले आफ्नो माइन्डसेट पनि परिवर्तन गर्नुपर्ने छ। हामीले के रूपबाट बुझ्नुपर्यो भने किसानहरूसँग पनि ठूलो अनुभव छ। वर्षौँ देखिको अनुभव छ, त्यो अनुभव, उहाँहरूले प्रयोग गर्नुभएको प्रविधि, टेक्नोलोजी, टेक्निक्स एकदमै टाइम टेस्टेड छ। स्थानीय हावापानी, माटो सुहाउँदो छ। उत्पादकत्व बढाउनको लागि तपाईँहरूसँग भएको ज्ञान, आधुनिक ज्ञानको उपयोग र उहाँहरूसँग भएको अनुभवलाई हामीले आत्मसाथ गरेर त्यसको साइन्स र मर्मलाई बुझेर नयाँ इनोभेसन गर्न सकिन्छ, त्यसमा फोकस गरौँ।’
उनले नवनियुक्त वरिष्ठ वैज्ञानिक र वैज्ञानिक कर्मचारीहरूलाई किसान र माटोसँग बढी घुलमिल हुन आग्रह गरे। किसान र माटोसँग घुलमिल हुन नसकेमा नयाँ इनोभेसन गर्न नसक्ने उनको भनाइ छ। उनले नार्कको लागि नयाँ ऐन बनाउने काम पनि अगाडि बढाएको जानकारी दिए।
कृषि वैज्ञानिकलाई मर्यादित, व्यावसायिक र सम्मानयोग्य बनाउन आफूहरू लागिपरेको र यसमा सबै सकारवालाहरूको सहयोग आवश्यक पर्ने उनले बताए। नार्कको पुनःसंरचना गर्ने कामलाई पनि अगाडि बढाइएको उनको भनाइ छ। नार्कले नवनियुक्त वरिष्ठ वैज्ञानिक र वैज्ञानिक कर्मचारीहरूलाई पाँच दिन अभिमुखीकरण दिने जनाएको छ।
अभिमुखीकरणका क्रममा नार्क खुमलटारमा रहेका सबै अनुसन्धान केन्द्रहरूको अवलोकन भ्रमण गराइने पनि जनाइएको छ। अभिमुखीकरणपछि साउन १ गतेबाट उनीहरूलाई सम्बन्धित कार्यालयहरूमा खटाइने नार्कले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण