अर्घाखाँची बस दुर्घटनाका घाईतेको उपचारमा कुनै कसर बाँकी नराख्न सांसदको आग्रह
अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका–६ नरपानी रातामाटामा बस दुर्घटनाका घाईतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न प्रदेशसभा सदस्य कल्पना पाण्डेले आग्रह गरेकी छन् ।
घाईतेहरुलाई भैरहवा मेडिकल कलेजमा भेट्दै स्थानीय प्रशासनलाई घाईतेको उपचारमा कुनै कन्जुस्याँइ नगर्न आग्रह गरेकी हुन् ।
राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट निर्वाचित पाण्डेले दुर्घटनाले अर्घाखाँची शोकमा डुबेको भन्दै आजको दिनलाई जिल्लामा इतिहासकै कालो दिनका रुपमा चिनिने उल्लेख गरेकी छन् ।
अर्घाखाँचीको सदरमुकामवाट गोरीसिँगे आउँदै गरेको बसमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका छन् ।
दुर्घटनाका ७ जना गम्भीर घाइतेको उपचार बुटवल र भैरहवाका बिभिन्न अस्पतालमा भइरहेको छ । लु २ ख २१४८ नम्बरको बस सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घटनामा मृत्तक ११ जनाको मात्रै सनाखत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
-
इजरायलले स्टारलिङ्कको उपकरण इरानमा तस्करी गरेको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण