नेकपा डडेल्धुराले तोक्यो सातै स्थानीय तहमा इञ्चार्ज
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराले जिल्लाका सातै स्थानीय तहमा इञ्चार्ज तोकेको छ ।
पार्टीको जिल्ला सचिवालयको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा इञ्चार्ज तोकेको हो ।
नेकपा डडेल्धुराले सोमबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी परशुराम नगरपालिकामा हरिप्रसाद भट्ट र अमरगढी नगरपालिकामा करुणाकर ओझालाई इञ्चार्ज तोकिएको जानकारी दिएको छ ।
त्यस्तै नवदुर्गा गाउँपालिकामा लक्ष्मी धिक्त, भागेश्वरमा प्रेम साउद, आलितालमा छविलाल सलामी, अजयमेरुमा जयबहादुर ऐर र गन्यापधुरा गाउँपालिकामा गणेश सार्कीलाई इञ्चार्जको जिम्मेवारी दिइएको डडेल्धुरा नेकपा अध्यक्ष मानसिंह मालले जानकारी दिए ।
पार्टीले भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्शामा नेपाली भूमिसमेत समेटेकामा आपत्ति जनाउँदै भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेको विषयमा सरकारले कूटनीतिक तवरबाट जतिसक्दो छिटो समस्या समाधान गर्नुपर्ने माग गरेको छ ।
उक्त भूभाग शदियौँदेखि नेपालको रहेको बताउँदै भारतले आफ्नो राजनीतिक नक्शाबाट सो भूभाग हटाउनुपर्ने अध्यक्ष मालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण