बलात्कार गरेको आरोपमा महरा पक्राउ
सोमबार, २३ मङ्सिर २०७६, १९ : १५
सिरहा । बिहेको आश्वासन दिइ १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार सिरहा नगरपालिका– ६ का २८ वर्षीय दीपेन्द्र महरालाई पक्राउ गरेको छ ।
बालिकालाई ललाइफकाइ बिहेको आश्वासन दिएर राजविराज नगरपालिकास्थित दीपसाजन लजमा राखी कात्तिक २६ गते आरोपितले बलात्कार गरी फरार भएको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरीका थिए ।
उनको उजुरीको आधारमा महरालाई पक्राउ गरेको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । साथै आवश्यक कानुनी कारवाहीका लागि उनलाई आज जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको नायब उपरीक्षक भारतीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीमण्डल १० सदस्यीय बन्दै, २ महिला राज्यमन्त्री बन्ने
-
आईपीएल क्रिकेट : को हुन् हैदराबादको हौसला बढाउने यी सुन्दरी ?
-
‘सजगतापूर्ण लचिलो मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको अडान’
-
यस्तो छ ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’
-
प्रतिनिधिसभा बैठक आज नबस्ने, सूचना टाँस गरी स्थगित
-
तस्बिरमा हेर्नुहोस् ‘सवारी कथाहरू’