बलात्कार गरेको आरोपमा महरा पक्राउ
सोमबार, २३ मङ्सिर २०७६, १९ : १५
सिरहा । बिहेको आश्वासन दिइ १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार सिरहा नगरपालिका– ६ का २८ वर्षीय दीपेन्द्र महरालाई पक्राउ गरेको छ ।
बालिकालाई ललाइफकाइ बिहेको आश्वासन दिएर राजविराज नगरपालिकास्थित दीपसाजन लजमा राखी कात्तिक २६ गते आरोपितले बलात्कार गरी फरार भएको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरीका थिए ।
उनको उजुरीको आधारमा महरालाई पक्राउ गरेको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । साथै आवश्यक कानुनी कारवाहीका लागि उनलाई आज जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको नायब उपरीक्षक भारतीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण