श्रीलङ्काले डेङ्गु प्रतिरोधी ब्याक्टेरिया ‘वोल्बाचिया’ को प्रयोग गर्दै
कोलम्बो । श्रीलङ्काको सरकारले डेङ्गुलाई निर्मुल गर्नका लागि विशेष प्रकारको ब्याक्टेरियालाई प्रयोग गर्ने भएको छ । स्थानीय सञ्चारमाध्यमहरूले बिहीबार श्रीलङ्काको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी भनेका छन्, ‘सरकारले अब डेङ्गुको सङ्क्रमणलाई रोक्न विशेष प्रकारको ब्याक्टेरियाको प्रयोग तथा परीक्षण गर्न लागेको छ ।’
मन्त्रालयका उप–महानिर्देशक पावा पालिहवादानले भने, ‘डेङ्गु सङ्क्रमणलाई रोक्न ‘वोल्बाचिया’ नामक एक प्रकारको ब्याक्टेरियालाई कोलम्बोका नगर क्षेत्रमा सन् २०२० को फेब्रुअरीदेखि छोडिनेछ । नगरका घरहरूमा लामखुट्टेका फुल र ‘फुड क्याप्सुल’ पानीमा दुईहप्तासम्म बन्द गरिनेछ । यसबाट वयस्क लामखुट्टे पैदा हुनेछन् र तिनीहरूलाई डेङ्गु प्रतिरोधी ब्याक्टेरिया फैलाउनका लागि खुलास्थानमा छोडिनेछ ।
विश्व लामखुट्टे नियन्त्रण कार्यक्रमका अनुसार ‘वोल्वाचिया’ ले लामखुट्टेको भाइरस सङ्क्रमण गर्ने क्षमतालाई कमजोर पारिदिने गर्छ । यसका कारण लामखुट्टेबाट मानिसमा भाइरस सङ्क्रमण हुने र आत्मनिभरतामा व्यापकमात्रमा वृद्धि हुन्छ । ‘वोल्बाचिया’ ले लामखुट्टेबाट सर्ने डेङ्गु, एलो फेवर र जाइकाजस्ता भाइरसहरूसँग लड्छ र भाइरस सङ्क्रमण गर्ने क्षमतालाई कम गर्छ ।
लामखुट्टेबाट सर्ने रोग नियन्त्रणका लागि ‘वोल्वाचिया’को परीक्षण गर्ने पहिलो मुलुक अष्ट्रेलिया हो र विगत आठ बर्षमा लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने यी समस्या अष्ट्रेलियामा नदेखिएको बताउने गरिएको छ ।
सन् २०१७ मा श्रीलङ्कामा एक लाख ८६ हजार १०१ जनालाई डेङ्गुको सङ्क्रमण भएको थियो भने ३२० जनाको मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालय सरूवा रोग नियन्त्रण एकाईका अनुसार सन् २०१९ मा श्रीलङ्कामा डेङ्गुको सङ्क्रमण भएर अस्पताल पुग्ने विरामीको सङ्ख्या ८६ हजार ४८४ रहेको छ । –सिन्ह्वा/Photo: thequint.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक अर्बभन्दा बढी बजेटका परियोजनाको अब नियमित अनुगमन हुने
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग
-
गगनलाई रविको चुनौती : सहकारीबाट ऋण लिएको प्रमाणित गर्नुस् राजनीति छोड्छु
-
संसद्मा राष्ट्रपतिलाई कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
-
गृहमन्त्री लामिछानेलाई रोष्टममा जान कांग्रेसको अवरोध
-
ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक