बजारको मध्य भागबाट राजमार्ग लैजानुहुन्न : मुख्यमन्त्री पौडेल
हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एशिया राजमार्गका रुपमा विकास गरिने पूर्वपश्चिम राजमार्ग हेटौँडा बजारको मध्य भागबाट नलगिने बताएका छन् । नारायणी यातायात व्यवसायी प्रालिद्वारा आज आयोजित कार्यक्रममा उनले व्यस्त बजारको बीचबाट अन्तर्राष्ट्रिय मापदण्डको राजमार्ग लैजाँदा विकासशील हेटौँडाको विकास प्रक्रियासमेत रोकिने बताए । ठूला ठूला लहरी, मालवाहक वा अत्यधिक गतिमा कुद्ने मोटर व्यस्त बजारबाट गुडाउने कुराले आधुनिक विकास हुन नसक्ने उनको भनाइ थियो ।
मुख्यमन्त्री पौडेलले ५० मिटरको फराकिलो बाटो चौकी टोल–कर्रा खोला–रातोमाटे भएर बन्न शुरु भइसकेको बताए । कसैको घर भत्किए मेरो घरअगाडि पर्छ भन्ने मानसिकताबाट माथि उठ्नुपर्ने भन्दै उहाँले बजार क्षेत्रमा ३२ मिटरको फराकिलो बाटो बनाइने र ३२ मिटरभित्र चार लेनको बाटो, पार्किङ र बगैँचासमेत निर्माण गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण