४ फुटबल खेलाडी कारवाहीमा
शुक्रबार, २७ मङ्सिर २०७६, २२ : १३
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले चार खेलाडीलाई कारवाही गरेको छ । एन्फाले विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङलाई कारवाही गरेको हो । उनीहरुलाई जनही रु ५० हजारसमेत जरिवाना गरिएको छ ।
विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने तयारीमा रहेको अवस्थामा ठमेलको लाउन्ज बार गएका चारै खेलाडीलाई कारवाही गरिएको हो । एन्फाले त्यतिबेलै चारै खेलाडीलाई निलम्बन गरेको थियो । एन्फाको अनुशासन समितिले विमल र दिनेशमाथि ९० दिनको तथा अञ्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध लगाएको छ ।
चारै खेलाडीले एन्फाले आयोजना गरेको कुनै पनि प्रतियोगिता खेल्न नपाउने महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । चारै खेलाडीले कुवेतसँगको खेलका साथै १३औँ दक्षिण एशियाली खेलकूद (साग) गुमाउनुपरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण