शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
सेयर बजार

सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक

शुक्रबार, ०१ साउन २०८३, १५ : २८
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उल्लेख्य वृद्धि देखिएको छ।
  • बोर्डको नयाँ मार्गदर्शन र अर्थमन्त्रीको सकारात्मक अभिव्यक्तिपछि बजारमा उत्साहजनक सुधार आएको हो।
  • आज ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उल्लेख्य वृद्धि देखिएको छ। नेपाल धितोपत्र बोर्डको नयाँ मार्गदर्शन र सेयर बजार सुधारका लागि अर्थमन्त्रीले दिएको सकारात्मक अभिव्यक्ति तथा विज्ञप्तिपछि बजारमा उत्साहजनक सुधार आएको हो।

बुधबार नेप्से परिसूचक ३.०६ प्रतिशत अर्थात् ७९.७४ अङ्कले बढेर २,६७७.५४ विन्दुमा पुगेर बन्द भएको छ। बजार खुलेसँगै सुरु भएको वृद्धिको क्रम कारोबारको अन्तिम समयसम्म नै कायम रहेको देखिन्छ।

आज बजारमा ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार ७२३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दिनभरिमा १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर खरिदबिक्री भएका छन्। 

कुल ३३५ कम्पनीको कारोबार भएकोमा आज २५९ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने मात्र १३ कम्पनीको मूल्य घटेको छ। २ कम्पनीको मूल्य भने स्थिर रह्यो।

आजको कारोबारमा पाँच कम्पनीको सेयर मूल्यमा उछाल आएको छ। सबैभन्दा बढी कमाउनेमा श्रीनगर एग्रो इन्डष्ट्रिज रहेको छ, जसको सेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता ९६३.७० रुपैयाँ पुगेको छ। 

त्यस्तै सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको मूल्य १४.८३ प्रतिशत, शिखर पावरको १२.५४ प्रतिशत, रिजलाइन इनर्जीको १२.०६ प्रतिशत र मिड सोलु हाइड्रवफाेरको १२.०५ प्रतिशतले वृद्धि भएको छ। बजारमा उच्च वृद्धिका बाबजुद आत्मनिर्भर लघुवित्तको सेयरमा १५ प्रतिशत गिरावटसहित नकारात्मक सर्किट लागेको छ। 

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत अग्रस्थानमा रह्यो। यस कम्पनीको २२ करोड २३ लाख ९७ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ। त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकको १७ करोड ७३ लाख, रिलायन्स स्पिनिङ मिल्सको १५ करोड ६० लाख, रिडि हाइड्रोपावरको १५ करोड ३६ लाख र ङादी ग्रुप पावरको १४ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

समूहगत रुपमा हेर्दा आज म्युचुअल फन्ड बाहेक सबै समूहमा वृद्धि देखिएको छ । हाइड्रोपावर, इन्भेष्टमेन्ट र म्यानुफ्याक्चरिङ समूहमा ४ प्रतिशत भन्दा धेरैको वृद्धि भएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप