रुकुममा काँग्रेस र एमालेको तालमेल
रुकुम – यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि ५ नं प्रदेशमा पर्ने सिस्ने गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा ९एमाले०बीच चुनावी तालमेल भएको छ ।
गाउँपालिकाका अध्यक्षमा एमालेका नन्दलाल शर्मा र उपाध्यक्षमा नेपाली काँग्रेसका लक्षिराम घर्ती चुनाव लड्ने गरी सहमति भएको बताइएको छ ।
आठ वटा वडा रहेको गाउँपालिकाका १, ३ र ५ नं वडामा एमालेले काँग्रेसका उम्मेदवारलाई र बाँकी २, ४, ६, ७ र ८ नं वडामा काँग्रेसले एमालेका उम्मेदवारलाई सहयोग गर्ने गरी सहमति भएको साबिक रुकुमकोट गाविसका काँग्रेस सभापति सरिता बिसीले जानकारी दिए।
उहाँका अनुसार अहिले दुवै पार्टीबाट उम्मेदवारी दर्ता भए पनि भोलि सहमतिअनुसार फिर्ता लिइने छ । जिल्लाका अन्य दुई गाउँपालिकामा पनि अहिले उम्मेदवारी दिइए पनि सहकार्यका लागि छलफल भइरहेकाले उम्मेदवारी फिर्ता लिनसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण