शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार  नियुक्त

शनिबार, ०२ साउन २०८३, ०८ : २९
शनिबार, ०२ साउन २०८३

सारांश

  • भक्तपुरको ताथली स्थित ईम्पेरियल इन्जिनियरिङ कलेजको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ई.डा खेमराज जोशी नियुक्त भएका छन्।
  • कलेजले प्रयोगशाला, पूर्वाधार र शिक्षण पद्धतिमा सुधार ल्याउने क्रममा नेपाल इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार डा. जोशीलाई नियुक्त गरेको हो।
  • नयाँ सत्रदेखि कलेजले प्रयोगशालामा डिजिटल ट्विन टेक्नोलोजी जस्ता प्रविधि थप गर्ने र पूर्वाधारमा लगानी गर्ने योजना बनाएको छ।

काठमाडौँ  । भक्तपुरको ताथली स्थित इन्जिनियरिङ कलेजको सीइओमा  ई.डा खेमराज जोशी नियुक्त भएका छन् ।

साँढे दुई दशक देखी विविध विधाका इन्जिनियर उत्पादन गर्दै आएको कलेजले,  कलेजका प्रयोगशाला , पूर्वाधार र शिक्षण पद्धतिमै व्यापक सुधार र हेरफेर  गरिरहेको सन्दर्भमा उच्च प्राज्ञिक टिम निर्माणकै सिलसिलामा नेपाल इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार डा जोशी नियुक्त गरेको हो ।

पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतको हिष्ट कलेज सहित हाइड्रोपावर र अन्य महत्वपूर्ण पूर्वाधारहरुको निर्माण र सहित प्राध्यापनमा डा जोशीको उलेख्य अनुभव रहेको छ ।

नयाँ सत्रदेखि कलेजका प्रयोगशालालाई Digital Twin Technology लगायतका पछिल्ला प्रबिधिगत सुबिधाहरुलाई अतिरिक्त शिक्षणका रुपमा बिध्यार्धिहरुलाई उपलब्ध गराउने उद्देश्यले  प्रयोगशाला र खेलकुदका पूर्वाधारमा समेत भारी लगानीको योजना कलेजले बनाएको कलेजका प्रिन्सिपल ई.दीपेन्द्र जम्कट्टेलले जानकारी दिए ।

त्रिवि अन्तरगतका सिभिल ९६  , कम्यूटर -४८  र  इलोक्ट्रोनिक्स ईन्निनियरिङ मा ४८ भर्ना सिटमा त्रिवि क्यालेन्डर अनुसार कलेजले भर्ना लिने ई जम्कट्टेलले बताए । 

पछिल्लो दुई वर्ष कलेजले नयाँ प्रविधिलाई आत्मसाथ गर्दै प्रयोगशालाहरू थप  गर्नुका साथै गुणस्तरीय र अनुभवी Teaching Faculty निर्माण गर्दै कलेजको नाम सहित व्यस्थापकीय नेतृत्वमा व्यापक हेरफेर गरिरहेको विभागीय प्रमुख इं रुपेश यादवले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप