गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
सारांश
- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था गरिब, निमुखा र आवाजविहीनहरूको हितका लागि भएको बताएका छन् ।
- संघीयताकै कारण गाउँगाउँमा विकास र पहुँच पुगेको र प्रदेश सरकारले ७ जना विद्यार्थीको डाक्टर र इन्जिनियर पढ्ने सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको छ ।
- मुख्यमन्त्री बानियाँले सामाजिक सञ्जालमा बढ्दो नकारात्मकता र गालीगलौजको संस्कृतिले देश विकासमा बाधा पुर्याउने चिन्ता व्यक्त गरे ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था गरिब, निमुखा र आवाजविहीनहरूको हितका लागि भएको बताएका छन् ।मकवानपुरको चौघडा स्थित नवजिवन ज्योति क्लब भवनको उद्घाटन गर्दै मुख्यमन्त्री बनियाँले संघीयताकै कारण गाउँगाउँमा विकास र पहुँच पुगेको बताए ।
वर्तमान व्यवस्थाकै कारण मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकार गरिब र सीमान्तकृत जनताको अभिभावक बनेको बताए । हालै मात्र ७ जना विद्यार्थीलाई डाक्टर र इन्जिनियर पढ्न लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय गरिसकेको उनले बताए ।
'हिजो एकात्मक राज्य प्रणाली हुँदा सबैतिर पहुँच पुग्दैनथ्यो, सामान्य नागरिकको सामर्थ्य पुग्दैनथ्यो । आज स्थानीय र प्रदेश सरकारको समन्वयमा विकास निर्माणका कामहरू तल्लो तहसम्म पुगेका छन् ।' उनले भने, 'यो व्यवस्था ठुलो संघर्ष र सशस्त्र विद्रोह पछिको शान्ति प्रक्रियाबाट प्राप्त भएको हो । यसलाई मास्न खोज्ने र बदनाम गर्नेहरूबाट सचेत रहन पर्छ । हामीले राजनीति गरेकै गरिब र निमुखाका लागि हो । पैसा अभावमा डाक्टर र इन्जिनियर पढ्न नसकेका चेपाङ, बोटे, दलित, जनजाति र सीमान्तकृतका छोराछोरीलाई प्रदेश सरकारले निःशुल्क पढाउने निर्णय गरेको छ ।'
उनका अनुसार बागमती सरकारले प्रशासनिक खर्च कटौती र सुशासनका लागि आफूले मन्त्रालयको संख्या घटाएर ८ कायम गरिएको छ । पहिले १७ र पछि १४ जना मन्त्री रहेकोमा हाल ८ वटा मन्त्रालय र मन्त्री रहने गरि व्यवस्था गरिएको उनले बताए । ओ एण्ड एम (O&M) गरेर मुख्यमन्त्रीसहित ८ वटा मन्त्रालयको स्वरूपमा नै अघि बढ्ने तयारी अनुसार हाल केही मन्त्रीहरू बिना विभागीय रहेको भए पनि छिट्टै कार्यविभाजन टुंगिने उनको भनाई छ ।
मुख्यमन्त्री बानियाँले पछिल्लो समय सामाजिक सञ्जालमा बढ्दो नकारात्मकता र गालीगलौजको संस्कृतिप्रति चिन्ता व्यक्त गरे।
'मान्छेमा धैर्यता भएन, सबै कुरा तुरुन्तै प्राप्त होस् भन्ने चाहना छ तर संघर्ष गर्न कोही तयार छैन । बिहान उठ्ने बित्तिकै मोबाइल हेरेर ठिक र बेठिक नछुट्याई नकारात्मक टिप्पणी गर्ने प्रवृतिले देश विकासमा बाधा पुर्याउँछ ।' उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण