शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
फोटोफिचर

नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्

शनिबार, ०२ साउन २०८३, ११ : ३८
शनिबार, ०२ साउन २०८३

सारांश

  • निर्माण सम्पन्न भएको नागढुंगा सुरुङ मार्ग आगामी साउन ११ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा आउने भएको छ।
  • सडक विभाग र जाइकाको आयोजनामा सुरुङ मार्गमा 'नागढुंगा टनेल फन रन एण्ड वाक' आयोजना गरिएको हो।
  • सुरुङ मार्ग सञ्चालनसँगै काठमाडौँ–नागढुंगा सडक खण्डमा हुने लामो जाम घट्ने र यात्राको समय आधाले घट्ने अपेक्षा गरिएको छ।

काठमाडौँ । नागढुंगा र सिस्नेखाला जोड्ने नागढुंगा सुरुङ मार्गमा आज ‘नागढुंगा टनेल फन रन एण्ड वाक’ आयोजना गरिएको छ । निर्माण सम्पन्न भएको करिब एक वर्षपछि आगामी साउन ११ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा आउन लागेको सुरुङ मार्गमा बिहान दौडको कार्यक्रम आयोजना गरिएको हो । 

IMG_0456

विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले सञ्चालनमा आउन ढिलाइ भएको सुरुङ मार्ग अब चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने तयारी गरिएको छ । सडक विभाग र जाइकाको आयोजनामा यो कार्यक्रम आयोजना गरिएको हो । उद्घाटन कार्यक्रममा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिहरू सहभागी हुनेछन्। 

IMG_0439

सुरुङ मार्ग सुरुमा परीक्षणका रूपमा मात्र सञ्चालन हुनेछ भने पूर्ण व्यावसायिक सञ्चालनमा आउन अझै दुई देखि तीन महिना लाग्नेछ । परीक्षण अवधिमा सुरुङ प्रयोग गर्ने सवारी साधनबाट शुल्क नलिइने भए पनि व्यावसायिक सञ्चालनपछि सरकारले तोकेको शुल्क लागू हुनेछ।

IMG_0465

सुरुङ मार्ग सञ्चालनसँगै काठमाडौँ–नागढुंगा सडक खण्डमा हुने लामो जाम घट्ने अपेक्षा गरिएको छ। हाल बलम्बुदेखि सिस्नेखोलासम्मको ७.५ किलोमिटर दूरी सुरुङ मार्ग सञ्चालनपछि करिब ५ किलोमिटरमा सीमित हुनेछ। यसले यात्राको समय पनि झन्डै आधाले घटाउने विश्वास गरिएको छ।

IMG_0469

सुरुङभित्र अक्सिजन, अग्नि नियन्त्रण, सुरक्षा, सञ्चार, विद्युत् तथा शुल्क संकलन लगायत सम्पूर्ण प्रणालीको व्यवस्थापन गरिसकिएको छ । यो आयोजना नेपालकै पहिलो सडक सुरुङ मार्ग भएकाले सञ्चालनसम्बन्धी कानुनी तथा प्राविधिक तयारीमा केही समय लागेको सडक विभागले जनाएको छ।

IMG_0471IMG_0479IMG_0487IMG_0496IMG_0506IMG_0515IMG_0519IMG_0523IMG_0535IMG_0538IMG_0543IMG_0545IMG_0549IMG_0559IMG_0564IMG_0572IMG_0574IMG_0577IMG_0581IMG_0586IMG_0594IMG_0595IMG_5875IMG_5879IMG_5881IMG_5886IMG_5888IMG_5890IMG_5905IMG_5910IMG_5960IMG_5961

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप