शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने

शनिबार, ०२ साउन २०८३, ११ : ५१
शनिबार, ०२ साउन २०८३

सारांश

  • वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले नयाँ नेपाली चलचित्र ‘प्रिन्स’ निर्देशन गर्ने भएका छन्।
  • चलचित्रको पहिलो गीतको रेकर्डिङसँगै निर्माण कार्य औपचारिक सुरु गरिएको हो।
  • चलचित्रको कथा निर शाह र शिवम अधिकारीले संयुक्त रूपमा तयार गरेका हुन् भने पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका छन्।

काठमाडौँ । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले नयाँ नेपाली चलचित्र ‘प्रिन्स’ निर्देशन गर्ने भएका छन्। शुक्रबार पहिलो गीतको रेकर्डिङसँगै चलचित्रको निर्माण कार्य औपचारिक सुरु गरिएको हो।

रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको पहिलो गीतमा निर शाहकै शब्द, वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाको संगीत तथा शिव परियारको स्वर रहेको छ।

चलचित्रको कथा निर शाह र शिवम अधिकारीले संयुक्त रूपमा तयार गरेका हुन् भने पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका छन्। चलचित्रको छायाङ्कन सौरभ लामाले गर्नेछन्। पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसरको रूपमा आबद्ध छन्।

निर्माण पक्षका अनुसार चलचित्रको छायाङ्कन तयारी अन्तिम चरणमा पुगेको छ। कलाकार तथा अन्य प्राविधिक टोलीको नाम भने उपयुक्त समयमा सार्वजनिक गरिने जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप