सिडिओले यात्रुको टिकट जाँच गरेर बढी रकम फिर्ता गरे
यातायात व्यवसायीले तोकिएको भाडा दरभन्दा बढी असुलेको गुनासो आएपछि सोमबार प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलगायत सरोकारवालाको टिमले यात्रुहरुको टिकट जाँच आफैँ गरेको छ ।
गाडीभित्र गएर प्रत्येक यात्रुबाट टिकट मागेर बढी रकम फिर्ता गराई सचेत गराएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए । भेरी नगरपालिकाको कुदुमा गएर अनुगमन गर्दा बढी रकम लिएको फेला परेको हो ।
सदरमुकामभन्दा पैदल तीन घण्टा टाढाको दूरीमा रहेको कुदुमा पहिलोपटक प्रमुख जिल्ला अधिकारीलगायतको टोली गएर अनुगमन गरेको पहिलो घटना भएको स्थानीयवासीले बताएका छन् ।
गाडी चलाउने इन्धनमा समेत बढी शुल्क लिएको, स्थानीय पसलमा म्याद गुर्जेको सामग्री बिक्री वितरण गरेको पाइएपछि उक्त सामग्री नियन्त्रणमा लिएको उनले बताए । सदरमुकामभन्दा बाहिर भएका कारण सबैले ज्यादति गरिरहेको गुनासो बढिरहेको बेला जिल्लाका प्रशासक गाउँमै गएर अनुगमन गर्दा यात्रुहरुले राहतको अनुभव गरेको बताएका छन् ।
यात्रुबाट तोकिएभन्दा बढी भाडा लिएका यात्रुहरुका गाउँमै गएर बसभित्र टिकट जाँच गरिएको प्रहरीले बताएको छ । सदरमुकाममा सबै जिल्लाका प्रमुख हुने भएकाले कम समस्या देखिए पनि गाउँमा ठूलो समस्या भएको स्थानीयवासी बताउँछन् । कसैलाई जानकारी नदिई बसभित्र गएर अनुगमन थालेका प्रजिअ पन्त गाडीभित्र गएपछि सबै यात्रुहरु मुखामुखसमेत भएका थिए । बढी भाडा लिएका यातायात व्यवसायीलाई बदमासी नगर्न सचेत गराइएको छ । जिल्लामा एक दर्जन समितिका यातायातका साधन सञ्चालनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैरकानुनी व्यापार व्यवसाय गर्नेलाई कडा कारबाही गर्ने विभागको चेतावनी
-
कर्णालीमा सत्ता संकटः कांग्रेस–एमाले गठबन्धनमा कसबाट भयो धोखाधडी ?
-
कांग्रेसले कसरी मनाउँदैछ वीपी स्मृति दिवस ?
-
कुनै शीर्ष नेतासँग भेटवार्ता भएको छैन : मुख्यमन्त्री आचार्य
-
काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूको असन्तुष्टि
-
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण