एकैरात तीन महिलाको बेडरुम पुगेर बलात्कार प्रयास गर्ने युवा पक्राउ
बुटवल । रुकुम (पश्चिम) मा एकै रात तीन महिलाको बेडरुमसम्म पुगेर बलात्कार प्रयास गर्ने एक युवालाई पक्राउ गरेर प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ ।
आठबिसकोट नगरपालिका–७ डाँफे टोलमा २२ बर्षीय केशव आरसीले एकै रात ४५ मिनेटको अन्तरालमा तीन छुट्टाछुट्टै घरमा महिलालाई उनीहरुकै बेडरुममा पुगेर बलात्कार प्रयास गरेको बताइन्छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा पीडित पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले कार्तिक ३० गते दिउँसो आठबिसकोट नगरपालिका–९, राडीबजारबाट आरोपी आरसीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डिएसपी सुमित खड्काका अनुसार तीनै महिलाको जाहेरीका आधारमा आरसीविरुद्ध अदालतमा जवरजस्ती करणी उद्योगको मुद्दा दायर गरिएको छ । अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार कार्तिक २७ गते राति करिब १ बजे उनले एक महिलाको घरको ढोकामा भित्रपट्टीबाट लगाएको आग्लो (चुकुल) बाहिरबाटै खोलेर बलात्कार प्रयास गरेको उजुरी दायर भएको छ । निज महिलाले प्रतिकार गरेपछि भागेका उनी लगत्तै अर्को घरकी एकल महिलाको कोठामा त्यसैगरी पुगेको बताइन्छ । उनले समेत प्रतिकार गरेपछि भागेका आरसी ४० वर्षीय अर्की महिलाको कोठामा पुगेको प्रहरीको भनाइ छ ।
करिब ४५ मिनेटभित्र तीन महिलालाई बलात्कार प्रयास गरेका उनी असफल भएपछि भने गाउँबाट भागेका थिए । प्रहरीसमक्ष उजुरी दर्ता भएपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण