स्वप्निल शर्माको ‘मौन’ टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक
काठमाडौं– प्रख्यात गायक स्वप्निल शर्माको गीत ‘मौन’ टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक भएको छ । दन्गाली समुदायका थारुहरुको थारु भाषामा रहेको ‘मौन’ गीत मार्फत शर्माले दुई सुन्न तथा बोल्न नसक्ने प्रेमीहरुको कथा बताएका छन् ।
च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरु गरिएको टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो र पछिल्लो सिजनको व्यापक सफलतापछि केहि प्रख्यात कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा टुबोर्ग ओपन सेसन्स्को सिजन २ शुरु भएको छ ।
टुबोर्ग ओपन सेसन्स् २ मा स्वप्निल शर्माले आफ्नो जादुई स्वरको साथमा उनको यस प्रिय रचनालाई प्रस्तुत गरेका छन् । सधैँ आफ्नो रचनाहरु विभिन्न नेपाली भाषाहरु मिलाई प्रस्तुत गर्न चाहने स्वप्निलले ‘मौन’ को लागी थारु भाषा छानेका छन् ।
नेपालको तराई क्षेत्रमा बसोबास गर्दै आईरहेका थारु समुदाय, अभिनव संस्कृति र परम्परा भएको देशको पुराना र ठुला समुदायहरु मध्ये एक हो । शर्माले नै ‘मौन’ को लागी मौलिक शब्दहरु लेखेका थिए भने, रामजी कुशमियाले थारु भाषामा अनुवाद गरेका हुन् ।
नेपाली संगीत बजारमा परिचित गायक स्वप्निल शर्मा हालै आफ्नो व्यवसायमा पनि सक्रिय छन् । उनलाई प्रायः लोकप्रिय रक ब्याण्ड ‘दि स्याडोज्’ को भोकलिस्टको रुपमा चिनिन्छ । नेपाली रक संगीतमा उनलाई एक सफल उदाहरणको रुपमा धेरै दर्शक र नयाँ कलाकारहरुले लिने गर्दछन् ।
टुबोर्ग ओपन सेसन्स्को सिजन २ मा विभिन्न प्रतिष्ठित कलाकारहरुले आफ्नो लोकप्रिय गीतहरु मौलिक भन्दा भिन्न शैलीमा प्रस्तुत गरेका छन् । पहिलो सिजनमा ‘च्यानल आरबिट्ररी’ मार्फत युट्युबमा अपलोड गरिएको ५१ वटा बेजोड प्रस्तुतीहरुले १० मिलियन भन्दा बढी भ्युज संकलन गर्न सफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण