शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह

शुक्रबार, ०८ साउन २०८३, २३ : २२
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • कर्मचारी सञ्चय कोष विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा रु एक अर्ब ६९ करोड प्रवाह गरेको छ।
  • सञ्चय कोष भुक्तानी र विशेष सापटीमा ठूलो रकम वितरण भएको छ।
  • सामाजिक सुरक्षा र घर सापटी सुविधा पनि प्रदान गरिएको छ।

विराटनगर । कर्मचारी सञ्चय कोष शाखा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ को अवधिमा सञ्चय कोष भुक्तानी एवं विशेष सापटीअन्तर्गत कूल रु एक अर्ब ६९ करोड १९ लाख ४१ हजार रकम प्रवाह गरेको जनाएको छ ।

जसअन्तर्गत सञ्चय कोष भुक्तानीतर्फ तीन हजार ५०४ जनालाई रु १ अर्ब ७ करोड २७ लाख र विशेष सापटीतर्फ एक हजार ६८१ जनालाई रु ६१ करोड ९२ लाख प्रवाह गरेको छ । 

सोही अवधिमा सामाजिक सुरक्षा सुविधाअन्तर्गत कार्यक्रिया अनुदानतर्फ ५६ जनालाई रु २२ लाख ४० हजार, औषधोपचार खर्चबापत ६९ जनालाई रु ११ लाख १२ हजार ३०५, सुत्केरी तथा शिशु स्याहार योजना खर्चबापत एक हजार ६५६ जनालाई रु एक करोड २४ लाख २० हजार र विशेष आर्थिक सुविधा ९कल्याणकारी० तर्फ तीन जनालाई रु चार लाख ५० हजार वितरण गरिएको कार्यालय प्रमुख रुकमणि ठकुरीले जानकारी दिइन् ।

प्रमुख ठकुरीका अनुसार घर सापटीतर्फ धितोमा आधारित सापटी १६५ जनालाई रु ४४ करोड ५५ लाख रकम प्रवाह भएको छ । सुनसरी र मोरङ कार्य क्षेत्र रहेको सो शाखाले चालु आर्थिक वर्षदेखि खोटाङ र ओखलढुङ्गा क्षेत्र विस्तार गरी सोलुखुम्बुलाई कर्जा क्षेत्र विस्तारका लागि कार्यालयबाट सिफारिस भएको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप