झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
सारांश
- झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी, व्यवस्थापन चुनौतीपूर्ण छ।
- नयाँ कारागार भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिँदैछ।
- नयाँ भवनका लागि पहिलो चरणमा रु एक करोड ७५ लाख बजेट विनियोजन भएको छ।
झापा । झापा जिल्ला कारागार भद्रपुरमा क्षमताभन्दा दोब्बर कैदीबन्दीका कारण दैनिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । कारागारको क्षमता ७५० जना रहे पनि हाल एक हजार ५८५ जना कैदीबन्दी छन् ।
कारागार प्रशासन प्रमुख रेवन्त भट्टराईका अनुसार हाल कारागारमा ९९९ जना कैदी तथा मुद्दाको पुर्पक्षका क्रममा रहेका ५८६ जना थुनुवा रहेको कारागार प्रशासन प्रमुख भट्टराईले जानकारी दिए । त्यसमध्ये ७८ जना महिला छन् ।
भद्रपुर कारागारमा विदेशी नागरिकको सङ्ख्या पनि उल्लेखनीय रहेको छ । प्रशासनको विवरणअनुसार हाल १४७ जना विदेशी नागरिक कारागारमा रहेका छन्, जसमा भारतका ११८ जना र भुटानका २९ जना छन् ।
क्षमताभन्दा अधिक कैदीबन्दी हुँदा दैनिक व्यवस्थापनमा चुनौती रहेको बताउँदै उनले भने, “सीमित स्रोतसाधन र क्षमताबिच पनि व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सुधारका कामलाई निरन्तर अघि बढाउने प्रयास गरिरहेका छौँ ।”
भौतिक संरचना साँघुरो र कैदीबन्दीको अत्यधिक चापका कारण फोहोरमैला तथा ढल व्यवस्थापनमा पनि समस्या भएको छ । कारागारबाट निस्कने फोहोर र ढलका कारण आसपासका क्षेत्रमा दुर्गन्ध फैलिएपछि स्थानीयले कारागारलाई सहर बाहिर स्थानान्तरण गर्न माग हुँदै आएको छ ।
प्रमुख भट्टराईका अनुसार भद्रपुर–१० स्थित कोशी प्रदेश प्रशिक्षण केन्द्र नजिक आफ्नै १० बिघा जमिनमा नयाँ भवन निर्माण गर्न नापी कार्यालय झापालाई जग्गा नापजाँचका लागि पत्राचार गरिएको उनले जानकारी दिए ।
प्रमुख भट्टराई भने, “नयाँ भवन निर्माणका लागि प्रारम्भिक प्रक्रिया सुरु भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य चाँडै अघि बढाउने योजना छ ।”
सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत नयाँ कारागार भवन निर्माणका लागि पहिलो चरणमा रु एक करोड ७५ लाख बजेट विनियोजन भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण