मधेसमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने
सारांश
- मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित तीन दलीय गठबन्धनको सरकारले निरन्तरता पाउने भएको छ।
- कांग्रेसका मुख्य सचेतक कुवरकान्त झाले पार्टी सभापति शेरबहादुर देउवा र सातै प्रदेशका मुख्यमन्त्रीबीचको छलफलपछि सो सहमति भएको दाबी गरे।
- झाले संघीयता, समानुपातिक र समावेशी अधिकार कटौती गरिए विद्रोह हुने चेतावनी दिँदै प्रेस सेन्सरसिपको पनि विरोध गरे।
जनकपुरधाम । मधेस प्रदेशमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने भएको छ। मधेस प्रदेश नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक कुवरकान्त झाले वर्तमान तीन दलीय गठबन्धनको सरकारले नै निरन्तरता पाउने जानकारी दिए।
शुक्रबार रातोपाटीसँग कुरा गर्दै उनले पार्टी सभापति थापासँग सात वटै प्रदेशका मुख्यमन्त्रीको छलफल भएको र सो क्रममा मधेस सरकारमा तीन दलीय गठबन्धनले निरन्तरता पाउने सहमति भएको दाबी गरे।
अहिले मधेस सरकारकाे नेतृत्व कांग्रेसले गरिरहेकाे छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)काे समर्थनमा कृष्णप्रसाद यादव मुख्यमन्त्री छन्।
बालेन्द्र शाह नेतृत्वको सरकारका क्रियाकलाप तानाशाह उन्मुख भएको आरोप लगाउँदै उनले मधेसको ठुलो बलिदानीबाट प्राप्त सङ्घीयता, समानुपातिक, समावेशीको अधिकार कटौती गरिए ठुलो विद्रोह हुने संसदीय दलका मुख्य सचेतक झाले चेतावनी दिए।
उनले प्रेसमाथि पनि सेन्सरसिप लगाउन खोजेको अनुभूति भएकाले आफूहरू त्यसविरूद्ध कुनै पनि लडाइँ लड्न पछि नहट्ने बताए।
कांग्रेसले प्रदेशहरूलाई प्रतिपक्षबिहीन बनाउन नहुने बताउँदै आएकाे छ। प्रदेश सरकार परिवर्तनबारे केन्द्रमा दलहरूबिच छलफल जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण