शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
दुर्घटना

महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु

शुक्रबार, ०८ साउन २०८३, २१ : ०८
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • काठमाडौँको महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा सवारीसाधनलाई ठक्कर दिएको छ ।
  • दुर्घटनामा परेर लमजुङ घर भएका रामकृष्ण अवालको उपचारको क्रममा मृत्यु भएको छ ।
  • दुर्घटनामा परेर ६ जना घाइते भएका छन्, जसको उपचार विभिन्न अस्पतालमा भइरहेको छ ।

काठमाडौँ। काठमाडौँको महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा सवारीसाधनलाई ठक्कर दिएको छ । महाराजगञ्जबाट सुकेधारातर्फ जाँदै गरेको ईभीले दुई वटा ट्याक्सी, पिकअप योद्धा र बस लगायतका सवारीसाधनलाई ठक्कर दिएको हो।

दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। लमजुङ घर भएका रामकृष्ण अवालको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए।

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। दुर्घटनामा परेर ६ जना घाइते भएका छन्। घाइतेहरूको त्रिवि शिक्षण अस्पताल र मेट्रो अस्पतालमा उपचार हुँदै छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप