शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कर्णाली प्रदेश

कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?

शनिबार, ०९ साउन २०८३, १३ : ३२
शनिबार, ०९ साउन २०८३

सारांश

  • सत्ता सङ्कटमा परे पनि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले असार ३२ गतेदेखि एमाले संसदीय दलको बैठक बोलाएका थिएनन् ।
  • कांग्रेस र नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए, जसको छलफल आज दिउँसो ३ बजे प्रदेश सभामा हुनेछ ।
  • केन्द्रबाट कुनै निर्णय नआएमा र नेकपाले आफ्नो अडान यथावत् राखेमा मुख्यमन्त्री कँडेलले राजीनामा दिने वा मतदान मार्फत सत्ता गुमाउने सम्भावना छ ।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एमाले संसदीय दलको बैठक बोलाएका छन् ।  कँडेलले शनिबार १ बजेतिर संसदीय दलको बैठक बोलाएका हुन् ।

असार ३२ गतेदेखि सत्ता सङ्कटमा परे पनि मुख्यमन्त्री कँडेलले संसदीय दलको बैठक बोलाएका थिएनन् । कांग्रेस- नेकपाले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । 

उक्त अविश्वासको प्रस्तावमाथि आज दिउँसो ३ बजेतिर प्रदेश सभामा छलफल हुनेछ । त्यसका लागि दिउँसो ३ बजे प्रदेश बैठक बोलाइएको छ । कँडेलले  सभा बस्नुअघि संसदीय दलको बैठक बोलाएका हुन् ।

अहिले एमाले संसदीय दलको बैठक बसिरहेको एक सांसदले बताए । कांग्रेस र नेकपा हालसम्म पनि कँडेलविरुद्ध उभिएकाले उनको सरकार गुम्ने निश्चित जस्तै छ ।

यद्यपि, अझै पनि कँडेल केन्द्रको निर्णय कुरिरहेका छन् । केन्द्रमा ओली र प्रचण्डबिच भेट भइरहेकाले केही निर्णय आउन सक्ने प्रतीक्षामा मुख्यमन्त्री रहेको उनी निकट स्रोतले बतायो ।

यदि केन्द्रबाट कुनै निर्णय नआएको खण्डमा र नेकपाले आफ्नो अडान यथावत् राखेमा कँडेलले कि संसदबाट राजीनामा दिनेछन् नभए मतदान मार्फत सत्ता गुमाउने छन् । नेकपाको १४ र कांग्रेसको १५ सिट रहेको छ । कर्णालीमा सरकार बनाउन २० सिट आवश्यक पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप