शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

२१ हजार घुससहित लेखा अधिकृत भट्टराई अख्तियारकाे फन्दामा

शुक्रबार, ०८ साउन २०८३, १४ : ५७
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत उद्धव भट्टराईलाई २१ हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ।
  • भट्टराईलाई शुक्रबार वडा कार्यालयबाटै घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।
  • यसबारे थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

काठमाडाैँ । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले लेखा अधिकृत (छैठाैँ) उद्वव भट्टराईलाई घुस रकमसहित नियन्त्रणमा लिएकाे छ।

 काठमाडौँ महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत भट्टराईलाई शुक्रबार अख्तियारकाे टाेलीले २१ हजार घुस रकमसहित नियन्त्रणमा लिएकाे हाे। 

 अख्तियारले भट्टराईलाई २१ हजार घुस लिइसकेको अवस्थामा  वडा कार्यालयबाटै नियन्त्रणमा लिएकाे हाे । स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारले उनलाई नियन्त्रणमा लिएको हो ।

यसबारे थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप